2024-05-06

Close

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नवीन पौडेल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

अपराध अनुसन्धान तथा नियन्त्रणमा उनले खेलेको कदर गर्दै गत मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी Best Police of the Month घोषित गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

काठमाडौं उपत्यकामा हुने अपराधका घटनाहरुको अनुसन्धान तथा नियन्त्रणमा सफल भूमिका निर्वाह गरेको भन्दै इन्स्पेक्टर पौडेललाई गत मंसिर महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान स्वरुप सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको चार नम्बर पिलरमा कार्यरत इन्स्पेक्टर पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले हातहतियार, अवैध सुन, लागूऔषध लगायतका अन्य गैरकानुनी सामाग्रीहरु बरामद गर्दै अपराधमा संलग्न थुप्रै आरोपीहरुलाई पक्राउ गर्न सफल भएको थियो । इन्स्पेक्टर पौडेल नेपाल प्रहरीमा इमानदार तथा व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds