2024-12-04

Close

काठमाडौं । आफू भारतीय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त हुनुअघि गौतम गम्भीरले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सँग पाँच बुँदे प्रस्ताव राखेका थिए । त्यसमध्ये एउटा बुँदामा उनले फरक–फरक ढाँचाको क्रिकेटका लागि छुट्टाछुट्टै कप्तान बनाउने विषय समावेश गरिएको थियो ।

आफ्नो त्यही योजना अनुरूप गौतम गम्भीरले निकट भविष्यमा हुने श्रीलंका भ्रमणका क्रममा एकदिवसीय र टी–२० टोलीमा छुट्टाछुट्टै कप्तान बनाउने तयारी अगाडि बढाएका छन् । बीसीसीआई स्रोतका अनुसार, प्रमुख प्रशिक्षक गम्भीरले टेस्टका लागि पनि छुट्टै कप्तान बनाउने भएका छन् ।

भारतीय टोलीले जुलाई २७ तारिखदेखि श्रीलंकाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । सोही भ्रमणमार्फत गम्भीरले पनि आफ्नो जिम्मेवारी समाल्नेछन् । श्रीलंका भ्रमणका क्रममा भारतले तीनवटा टी–२० अन्तर्राष्ट्रिय र तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।

श्रीलंका भ्रमणका लागि पनि गम्भीरले एकदिवसीय र टी–२० टोलीको छुट्टाछुट्टै कप्तान बनाउने समाचारमा जनाइएको छ । उनले श्रीलंका भ्रमणका लागि रोहित शर्माको अनुपस्थितिमा केएल राहुललाई एकदिवसीय टोलीको कप्तान बनाउने तयारी अगाडि बढाएका छन् ।

हालै सम्पन्न टी–२० विश्वकपलगत्तै रोहित शर्मा र अर्का अनुभवी खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । एकदिवसीय र टेस्ट क्रिकेटमा भने उनीहरू सक्रिय रहने छन् ।

तर, श्रीलंका भ्रमणका क्रममा रोहित र विराट दुबैलाई आराम दिइने बताइएको छ । श्रीलंका भ्रमणपछि हुने इङ्ल्यान्डविरुद्धको शृंखलालाई ध्यानमा राखी रोहित र विराटलाई आराम दिन लागिएको समाचारमा जनाइएको छ ।

त्यसैले उनको अनुपस्थितिमा केएल राहुललाई एकदिवसीय टोलीको कप्तान बनाउन लागिएको हो । टी–२० टोलीको कप्तान भने हार्दिक पाण्ड्यालाई बनाइने भएको छ । यी दुवै खेलाडीसँग यसअघि पनि कप्तानको जिम्मेवारी समालेको अनुभव छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर