2024-04-25

Close

जनकपुरधाम । जनकपुर बमकाण्डमा दोषी ठहर भएका पूर्वराज्यमन्त्री सञ्जय साहलाई उच्च अदालत जनकपुरबाट फेरि राहत मिलेको छ । ज्यान मार्ने षडयन्त्र गरेको मुद्दामा उनले यसअघि पाएको जन्मकैद खारेज गरी ११ वर्ष कैद सजाय तोकिएको हो ।

सोमबार न्यायाधीश धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इसलासले साहलाई ११ वर्ष कैद सजाय सुनाएको रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए । जिल्ला अदालत धनुषाले ०७५ मा सोही मुद्दामा साहलाई जन्मकैदको फैसला सुनाएको थियो ।

साहमाथि दुईवटा मुद्दा थिए । अर्को मुद्दामा उनलाई बम काण्डको मुख्य अभियुक्त ठहर गर्दै जिल्ला अदालतले १२ वर्षको कैद सजाय सुनाएको थियो । त्यसलाई पनि उच्च अदालत जनकपुरले केहि दिन अगाडी मात्रै घटएर सात वर्षमा झारेको छ ।

मिथिला राज्यको माग गर्दै जनकपुरको रामानन्द चोकमा बसेको धर्नास्थललाई लक्षित गरी ०६९ वैशाख १८ मा बम विस्फोट गराईंदा ५ जनाको मृत्यु भएको थियो । सो घटनामा दर्जनौं व्यक्ति घाईते भएका थिए । उक्त घटनाका योजनाकार साह थिए ।

साह हाल काठमाडौंको नख्खु जेलमा छन् । धनुषा क्षेत्र नम्बर ३ बाट दुई पटक सांसदमा निर्वाचित उनी बम काण्डमा संलग्नता देखिएपछि प्रहरीले भारतको दिल्लीबाट पक्राउ गरी ल्याएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds