2024-05-08

Close
वातावरण संरक्षणका लागि कचहरी बहसको अभ्यास

संवाद र बहसको माध्यमबाट समस्याको समाधान खोज्ने लक्ष्य

जनकपुरधाम । कला देखाउने विभिन्न माध्यमहरु छन् । प्रतिभा प्रस्फुटन गर्ने/गराउने विधि पनि फरक फरक किसिमका हुन्छन् । आधुनिक कालमा बालबालिका भित्र लुकेका कलालाई बाहिर ल्याउने विधि पनि पुरानै अनुसारको चलिरहन्छ । तर धनुषाको ढल्केवरमा कचहरी बहसको माध्यमले किशोर किशोरी र बालबालिकाहरुको नेतृत्व विकास र वातावरणको अधिकारबारे सचेत गराएको छ ।

जिल्लाको मिथिला नगरपालिका-६ ढल्केवरस्थित महेन्द्र माविको प्राङ्गणमा कायापलट, इन्सेक, डब्लु डब्लु एफ र सेभ द चिल्ड्रेनको संयुक्त आयोजनामा गरिएको कचहरी बहसमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यलयले धनुषाको मिथिला नगरपालिकामा गठन गरेको बाल अधिकार सचेतना समुहका बालबालिकाहरुलाई राखेर कचहरी बहस कार्यक्रम गरिएको थियो भने मगही भाषा अभियन्ता एवम् पत्रकार फुलगेन मगहीले सहजिकरण गरेका थिए ।

बहसमा अतिथिको रुपमा बालबालिकाहरु बाटै मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्य, वातावरण अभियन्ता र आमनागरिक बनाएर अभ्यास गराइएको थियो । बालबालिकाहरुले स्थानिय तहका जनप्रतिनिधिको (गेटअपमा) अभिनय गर्दै वातावरण बारे गहण बहस र संवाद गरिएको थियो। वातावरण अधिकार विषयमा केन्द्रित रहेर मिथिला नगरपालिकाको विकास र सरसफाइ जस्ता विषयमा संवाद गरिएको थियो । उनीहरूले कचहरी बहसको अभ्यास मार्फत स्थानिय सरकारलाई अधिकार र कर्तव्य प्रति सचेत गराउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले सरोकारवाला सम्बन्धित निकायहरु सँग संवाद र बहसको माध्यमबाट समस्याको समाधान खोज्ने लक्ष्य राखेको छ ।

कचहरी बहसको अभ्यासले विधार्थीहरुको क्षमता अभिवृद्धि हुन्छ । उनीहरूमा प्रश्न गर्न सक्ने क्षमताको विकास भई नेतृत्व क्षमताको विकास हुने कुरा महेन्द्र मावि का प्राधानाध्यापक रामकुमार महतो बताउँछन् । उनका अनुसार बालबालिका भित्र लुकेका प्रतिभा प्रस्फुटन गराउने विधि मध्ये सबैभन्दा राम्रो विधि रहेको र यसले उनीहरुमा चेतनाको बिकास भई विधालयमा‌ सकरात्मक सन्देश प्रवाह हुने बताए ।

कचहरी बहस कार्यक्रम हाम्रो लागि नयाँ रहेको र यसका बारेमा हामीलाई केहि थाह नभएको अवस्थामा कायापलट र इन्सेक संस्थाले राम्रो कुरा सिकाएको छ । यसले गर्दा अगामी दिनहरूमा हामीले आफै यस्तै कार्यक्रमको आयोजना गरेर समस्या समाधानका निम्ति यस्तै संवाद र बहसको माध्यमबाट हल खोज्ने बारे सिकेका छौ भन्ने कुरा कचहरी बहसमा उपमेयर कि पात्र बनेकी मिथिला नगर बाल संजालको उपाध्यक्ष बन्दना यादव बताउछिन् ।

बालबालिकाहरुले कार्यक्रममा कसरी बोल्ने, आफ्नो अधिकारको विषयमा सम्बन्धित निकायमा कसरी प्रश्न गर्ने, विधालयमा शुक्रबारको दिन पारेर संवाद र छलफल गरी समस्याको समाधान कसरी खोज्ने , सिक्ने र सिकाउने बिधिको विकास बारे सचेतना जगाउने लक्ष्य रहेको कुरा आयोजक संस्था कायापलटका संस्थापक अध्यक्ष दिवाकर उप्रेतीले बताए ।

कार्यक्रममा आयोजक संस्थाले वातावरण अधिकार सम्बन्धि कार्यशाला गोष्ठी पनि गरेका थिए । त्यसमा उनीहरूलाई वातावरणको अधिकार, समस्या, समाधानका उपायहरु बारे जानकारी गराएका थिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयका फोकल पर्सन बरुण बस्याल, इन्सेक जिल्ला सहजकर्ता शिवजी परियार, मानव अधिकार समुह मधेश प्रदेश सचिव दिवेश कुमार महतो, सहसचिव हरिनारायण दास, बाल अधिकार संरक्षक शिक्षक निरप्रसाद शर्मा, विश्वनाथ महतो सहित मानव अधिकारकर्मीहरु, वातावरण अभियन्ता, बाल क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds