
बिरगंज । सशस्त्र प्रहरीले पर्सामा २ सय १३ किलो गाँजा बरामद गरेको छ । विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ बटसौरास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको टोलीले परालको कुन्युभित्र लुकाई छिपाई राखेको दुई सय १३ किलो गाँजा बरामद गरेको हो । २० वटा पोका बनाएर राखेको अवस्थामा सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो । सुराकीको आधारमा सो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
लागुऔषध दुर्व्यसनले समाजमा दुरगामी नकारात्मक प्रभावहरु पार्ने यथार्थलाई मध्यनजर गर्दै लागुऔषध नियन्त्रण तथा निष्तेज गर्ने कार्यलाई अभियानकै रुपमा संचालन गर्ने सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको निर्देशन अनुरुप अभियान नै चलाएर सो लागुऔषध बरामद भएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति एसपी पुरनचन्द्र भट्टले बताए ।





