2024-05-10

Close

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा छ । यो पालिकामा प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा खटाइएका उपसचिव हाजिर हुन आएका छैनन् । यहाँ प्राविधिकतर्फको इन्जिनियर संजीव कुमार साहले निमित्तको जिम्मेवारी सम्हालिरहेका छन् । उनी विदेहमा करिब ५–६ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्दै आएको उपमेयर आशा झाले जनाइन् ।

‘अहिले सरुवा भएको उपसचिव हाजिर हुन आउनु भएको छैन,’ उनले भनिन्, ‘तर यसअघि सरुवा भएको उपसचिवजी नगरपालिकामा आउँदा पनि सम्पर्क गर्नुभएन, । उहाँले नगरपालिकामा आएर मेयरलाई सम्पर्क गरेर फर्किनु भयो । पछि मैले नै उहाँसँग सम्पर्क गरेपछि मैले अर्कै ठाउँ सरुवा गराएँ भनेर जानकारी गराउनु भयो ।’

यो पालिकामा मेयर र उपमेयरबिच आन्तरिक विवाद चलिरहेको छ, जबकि दुवै एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुन् । मेयर बेचन दास र हाकिम साहबीच राम्रो सम्बन्ध भएकै कारण यहाँ सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने परिपाटी रहेको कर्मचारीहरुको भनाइ छ ।

विदेह नगरपालिकाकी उपमेयर आशा झाले मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा आर्थिक वर्ष २०८०/०८१ को बजेट बनाएको भन्दै बजेट कार्यान्वयन नगर्न नगराउन मुद्दा नै हालेकी छन् । उनका अनुसार बजेट तर्जुमा, राजस्व परामर्श समिति र अनुगमन समितिको संयोजकमा उपमेयर हुनुपर्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐनमा रहे पनि उनको सहमति बिना नै बहुमत सदस्यको हस्ताक्षरबाट बजेट आएपछि मुद्दा हाल्नु परेको हो ।

परिणामस्वरुप पालिकाको बजेट तथा कार्यक्रम पारित भए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

विदेहका मेयर दास भने सरुवा भएका उपसचिव अहिलेसम्म हाजिर हुन नआएको दाबी गर्दछन् । यो पालिकामा सरुवा भएको भनिएका उपसविच काजी बहादुर विष्टले अहिलेसम्म आफूलाई फोन सम्पर्क पनि नगरेको उनको भनाइ छ ।

‘मेरो पहिलो कार्यकालमा दिलबन्धु सुवेदी सरुवा भएर आउनु भएको थियो । १०–१५ दिन बस्नुभयो । अनि जानुभयो,’ उनले भने, ‘उहाँहरुको त गोजीमै रमाना हुन्छ । त्यसैले अहिले सरुवा भएर आउने हाकिमले पनि कम्तीमा एक वर्ष बस्ने गरी प्रतिबद्धता गर्नुभयो भने ठिकै छ । नभए गुन्जायस छैन ।’

यसअघि सरुवा भएर आएको प्रमुख प्रशासकीय अधिकृतलाई पनि हाजिर नगराएको उनी आफैँले स्वीकारे । उनले भने, ‘वैशाखको लास्टमा आयो । दरबन्दी उपसचिवको भए पनि सरुवा भएर आउँदा उहाँ अधिकृत नै हुनुहुन्थ्यो । आर्थिक वर्ष समाप्त हुन डेढ महिनामात्रै बाँकी थियो । त्यसैले हाजिर गराइनँ । वहाँलाई असारपछि आउनुस्, त्यतिबेला विचार गर्छु भनेको थिएँ ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds