वीरगन्ज ९ पुष सशस्त्र प्रहरी बल पर्साले अवैधरुपले भित्राएको पशु चौपाया नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बलले भन्सार छलि गरि ल्याएको भैसी, पाडा र पाडी लगाएतको २० वटा पशु चौपायाहरु पक्राउ गरेको हो।सशस्त्र प्रहरी बल १३ नम्बर गणको मातहत रहेको सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको गाडी मोबाईल टोलीले जगरनाथपुर गाऊपालिका वडा नम्बर ४ बिजबनिया स्थितबाट भैसी ७ वटा,रागा४, पाडा८ र पाडी १ गरि २० वटा पशु चौपाया नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रबक्ता एवम प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए।उक्त पशु चौपाया करिब ३ लाख ८५ हजार रुपैयाँ बराबरको पक्राउ गरि आवश्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरीको प्रबक्ता श्रेष्ठले बताए।