2024-04-16

Close

श्याम गुप्ता
रौतहट, २२ साउन
शहरी विकास मन्त्रालयद्वारा रौतहट सदरमुकाम गौर नगरपालिकामा ४० करोड भन्दा बढि रकमबाट निर्माण हुँने सभाहल, विवाह मण्डप, कालो पत्रे सडक सहिँतका परियोजनाहरुको एक समारोहका बिच गएकाे साउन १६ गते नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र शहरी विकास मन्त्री मेटमणी चौधरीले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । शहरी विकास मन्त्रालयद्वारा विनियोजन गरिएको बजेटबाट गौर नगरपालिका वडा नम्वर २ मा करिब २० करोडको लागतमा ३ सय क्षमताको सभा हल (टाउन हल), वडा नम्वर ४ कविर चोकमा विवाह भवन, टिकुलिया र सिर्सियामा निर्माण हुँने कालोपत्रे सडकको पूर्व प्रधानमन्त्री समेत रहँनु भएका नेपाल र शहरी विकास मन्त्री मेटमणी चौधरीले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । पुर्वप्रधानमन्त्री समेत रहँनुभएका माधव नेपालले जनता झुक्याउँदै सस्तो लोकप्रियताको लागि जनतालाई ठग्ने काम गरेको रौतहट जिल्लाका आम नागरिकको बुझाई रहेको छ । बिना कुँनै बजेट, बिना स्रोत सुनिश्चितता तथा बिना कुँनै ठेका अह्वान र सम्झौता बिना गौरमा सभाहल र विवाह भवनको शिलान्यास गरेको विषय बारे आम जनमानसबाट चौतर्फी आलोचना एवंम् निन्दा हुँनुको साथसाथ स्वयंम् उहाँ कै पार्टीका आफ्नैं सहकर्मी एवंम् निवर्तमान सहरी मन्त्री रामकुमारी झाँक्रीले एउटा राष्ट्रिय टेलिभिजन मार्फत खुलेरै आलोचना एवंम् नैतिक्ताको पाठ पढाएको केहि समय नबित्दै फेरी पनि आम जनतालाई दिन दहाड़ै मुर्ख बनाउँन तथा चुनावको मुखमा आएर आफ्नों विगत देखिको अकर्मण्यता एवंम् अपराधलाई ढाकछोप गर्ने उद्देश्यले शहरी मन्त्रालय मातहतको योजना तथा वैदेशिक समन्वय शाखाको तर्फबाट शहरी विभाग तथा भवन निर्माण शाखाको नाममा कथित २०७८/०४/०८ गतेको मितिमा लेख्न लगाएको “बहुवर्षीय खरीद गुरुयोजना स्वीकृती सम्बन्धमा” विषयको पत्रमा उल्लेख वस्ती विकासको शीर्षकमा वक्तव्यमा भनिएको नम्बर नैं नहुँनुले समेत यो पत्र फर्जी रहेको र ढाकछोप गर्न खोज्दा हतारमा लतार भएको कुरा स्पष्ट बुझ्न सकिन्छ । मान्छेले एउटा झूठ छुपाउँन हजार झूठको सहारा लिन खोज्दा पनि अन्ततः झुठ आखिर झूठ नैं सावित हुँने कुराको दरो उदाहरण बन्न पुगेको छ । यस घटना ले माधव नेपालले मुख छोप्न खोज्दा उहाँको लङ्गोट नैं खुस्किए जस्तो देखिएको छ । अहिलेको २१ औं शताब्दीमा आएर पनि यसरी नाङ्गै झूठको राजनीतिक गर्नेलाई पुर्व सहरी बिकाश मंत्री प्रभु साहले खुला चुनौंती दिनुको साथै शिलान्यास गरेको योजनाहरु कुँन शीर्षक अन्तर्गतमा कति बजेट भएको, यसको ठेक्का कहिले भयो र ठेक्दार को हो सम्पूर्ण कुराको जानकारी छिटो सार्वजनिक गर्न पुर्व मंत्री साहले आफ्नों फेसबुक वाल मा लेख्दै चुनौंती दिनु भएको छ । अब रौतहटको जनता चुप लागेर न बस्ने र यसरी दिन दहाडै जनतालाइ झुक्याएर ठगी गर्ने कार्यमा संलग्न मन्त्रीलाई तुरन्त बर्खास्त गर्नु पर्ने साहले सामाजिक सञ्जाल मार्फत माँग गर्नु भएको छ । बिगतको दिनमा जनतालाई अज्ञानी बनाएर, भ्रम छरेर, फुट डालेर शासन गर्ने माधव नेपालहरुको चर्चित कला हरुलाई अब रौतहटको जनता आउँदो प्रतिनिधी सभा तथा प्रदेश सभाको चुनावामा मतद्वारा बहिस्कार गर्न सम्पूर्ण रौतहटेली जनतालाई उहाँले अनुरोध समेत गर्नु भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds