2024-05-12

Close

काठमाडौं । कुनै विशेष भेषभुषा, रंगरूप, भाषा वा समुदायलाई लक्षित गरी धडपकड वा गिरफ्तार गरी कारवाही गर्नु मौलिक हकको विपरित कार्य रहेको मधेशी आयोगले बताएको छ ।

आयोगकी निमित सचिव सविता डंगोलले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधानको भाग–३ को धारा–१७, १८ र ३२ ले नेपाली नागरिक र समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सभ्यताको संरक्षण र सम्बर्धन गर्ने हक प्रदान गरेको र सो हकको पूर्णतः उपभोग गर्ने वातावरण सृजना गर्ने राज्यको कर्तव्य रहेको बताएकी छिन् ।

आयोगले सो प्रेस विज्ञप्ति मार्फत संविधान प्रदत्त मौलिक हकको वेरोक–टोक र निर्वाधरुपमा नागरिकलाई उपयोग तथा उपभोग गर्न दिनको लागि सरकारलाई ध्यानकर्षण समेत गराएको छ ।

आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले मधेशी समुदाय भएकै कारणले आफ्नो संस्कृतिको संरक्षण गर्न नपाउनु र संरक्षण तथा सम्बर्धन लक्षित कार्य गर्दा समय समयमा राज्यले धरपकड गरी कारवाही गर्नुले मधेशी समुदायप्रति सरकारको नियतलाई प्रस्ट पारेको बताएका छन् । अध्यक्ष डा. दत्तले मधेशी समुदाय प्रति राज्य संवेदनशील भए मात्र राज्यको विकाश द्रुत गतिमा अगाडी बढ्ने समेत बताएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds