धनुषाको जटही नाकाबाट ११ महिनामा करिब ३२ करोड राजस्व सङ्कलन

जनकपुरधाम । धनुषाको जटही नाकाबाट चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा करिब ३२ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । जनकपुर भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार ग्यावाका अनुसार चालु आवको ११ महिनामा कार्यालयले ३२ करोड ६८ लाख ४४ हजार १ सय ४५ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

उहाँले सो अवधिमा ५० करोड ४० लाख ९३ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिए पनि करिब ३२ करोड रुपियाँ मात्र राजस्व सङ्कलन भएको बताउनुभयो ।

बिज्ञापन

गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा ३८ करोड २३ लाख २४ हजार २ सय ७२ रुपियाँ राजस्व सङ्कलन भएको जानकारी दिँदै जनकपुरधाम भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार ग्यावाले चालु आवमा गत वर्षको करिब ३२ करोड रुपियाँ राजस्व सङ्कलन भएको बताउनुभयो ।