
चितवन । जेनजी उमेर समूहकी आकांक्षा पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् ।
चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनमा पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् । केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेमध्यमा आफू कान्छी उम्मेदवार रहेको उनको दाबी छ ।
बिज्ञापन




युवाको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म पुर्याउने र महिलाको नेतृत्वलाई थप सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको पोखरेल बताउँछिन् ।

‘नयाँ पुस्तालाई सक्रिय राजनीतिमा प्रेरित गर्ने उद्देश्यका साथ मैले आफ्नो उम्मेदवारी दिएकी हुँ । राजनीति उमेरले होइन, सोच, क्षमता, इमानदारी र समर्पणले चल्छ,’ उनले भनिन्, ‘त्यसैले आज म युवा ऊर्जा, चार वर्षको संगठनात्मक अनुभव, र नयाँ राजनीतिक संस्कार स्थापित गर्ने अठोटका साथ उम्मेदवारी दिएकी छु ।’