2024-04-28

Close
सिरहा नगरपालिकाले थाल्यो कृषि तथा आप्रवासन सम्बन्धि तथ्यांक संकलनको कार्य सुरु

कृषिमा विशेष योजना ल्याउने मेयर डा. यादवको प्रतिबद्धता

सिरहा । सिरहा नगरपालिकाले कृषि तथा आप्रवासन सम्बन्धित तथ्यांक संकलनको कार्य सुरु गरेको छ । बिहिबारबाट नगरपालिकाले कृषि तथा आप्रवासन सम्बन्धी पाश्र्वचित्र निर्माण गर्नका लागि गणकहरुलाई प्रशिक्षण दिनसहितको कार्य आजबाट विधिवत रुपमा सुरु गरेको हो ।नगरपालिकाले केहीदिन अघि तथ्यांक संकलन गर्न २२ वटै वडाहरुका लागि गणक भर्ना गरी तथ्यांक संकलन सम्बन्धिको कार्य सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिएको छ । छनौट गरिएको गणकहरुलाई दुई दिने अभिमुखिकरण दिँदै सो तथ्यांक संकलन गरिने यादवले बताएको छ । कृषि र आप्रवासन सम्बन्धि विस्तृत तथ्यांक संकलन गर्नुपर्ने भएकोले छनौट भएको गणकहरुलाई विषय विज्ञहरुबाट प्रशिक्षण दिन बिहिबार र शुक्रबार अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ ।

प्रशिक्षण पश्चात शनिबारबाटै तथ्यांक संकलनको कार्यलाई तिब्रता दिने उनले बताए । नगरपालिकाको आयोजना र हेल्भेटासको प्राविधिक सहयोगमा पाश्र्वचित्र निर्माण भईरहेको अधिकृत यादवले बताए ।

कृषक र वैदेशिक रोजगारमा गएको र आएको विषयसँग सम्बन्धित विस्तृत तथ्यांक आए नगरपालिकालाई वार्षिक कार्य योजना तथा बजेट बनाउन सहज हुने हेल्भेटास सामी कार्यक्रम अधिकृत राम प्रमेश मण्डलले जनाए । अधिकृत मण्डलले नेपालीहरु बैदेशिक रोजगारमा गएपनि रेमिटयान्सको सदुपयोग नहुने भएकाले उनीहरुले गरेको मिहिनेत पनि खेर गईरहेको पछिल्लो तथ्यांकले देखाएको बताए ।

बैदेशिक रोजगारीमा जाने मध्ये सिरहाबाट जानेको संख्या देशको दोश्रो जिल्लाको रुपमा रहेको उनले कार्यक्रममा तथ्यांक प्रस्तुत गरे । आ.व.२०७९।०८० मा यस जिल्लाबाट २९ हजार ५ सय ९५ व्यक्ति बैदेशिक रोजगारीमा गएको अधिकृत मण्डलले प्रस्तुत गरेको तथ्यांकबाट देखिन्छ ।

कार्यक्रमको प्रमुख अतिथि सिरहा नगरपालिकाका मेयर डा.नवीन कुमार यादवले कृषि र आप्रवासन सम्बन्धित तथ्यसहितको तथ्यांक प्राप्त भएपछि अगामी आ.ब.मा विशेष योजना तथा बजेट विनियोजन गरिने प्रतिबद्धता जनाउनुभयो । वहाँले कृषि आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउँदै कृषकलाई कृषि उद्यमतर्फ उत्प्रेरित गर्ने खालको योजना ल्याउने तयारीमा रहेको बताए ।

यस नगरपालिकाको आधार पनि कृषि नै रहेको र यस नगरको कृषकहरुको अर्थतन्त्र मुख्यताः कृषि, वन, मत्स्यपालन क्षेत्रमै निर्भर भएकोले सो सम्बन्धी योजनामा आफ्नो विशेष जोड रहने मेयर डा. यादवले बताए ।

‘उपयुक्त हावापानी, माटोको बनोट तथा समतल भएको यस नगरपालिका कृषिको लागि उपयुक्त उर्वर माटो भएको तराईको क्षेत्र भएको हुँदा नगरमा अधिकांश घरपरिवार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कृषि व्यवसायमा संलग्न रहेका छन्, मेयर यादवले भने, ‘यस परिवेशमा आधुनिक कृषि तथा पशुपालनलाई बढि जोड दिनुपर्दछ ।’

मेयर डा. यादवले तथ्यांक संकलन गरी यसलाई डिजिटलाईजेस गर्ने तर्फ पनि आफ्नो जोड रहने बताए । उनले आधुनिक अहिलेका युगमा डिजिटलाईजेसन नभए नगरबासीलाई विकासको अनूभुति गराउन नसक्नले भएकोले डिजिटल नगरको रुपमा पनि सिरहा नगरपालिकालाई अगाडी बढाउने योजना रहेको बताए ।

उद्घाटन सत्रमा मेयर डा. यादवले यस कार्यका लागि प्राविधिक सहयोग गर्ने हेल्भेटास साफीलाई धन्यवाद ज्ञापन गरेको थिए । अगामी चैत्र पाँच गतेभित्र तथ्यांक संकलन गरिसक्ने नगरपालिकाको लक्ष्य छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds