2024-05-02

Close

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं. १ ठाढीस्थित रहेको श्री माध्यमिक विद्यालय ठाढीमा निर्माणधीन विद्यालयको भवनमा कमसल र मापदण्ड विपरित निर्माण भईरहेको पाईएको छ ।

श्री माध्यमिक विद्यालय ठाढीमा निर्माणधीन रहेको विद्यालयको भवनमा प्रयोग गरिएको वस्तु मापदण्ड विपरित र कमसल रहेको पाईएको छ । भवन निर्माणको मेरुदण्ड मानिने भवनको पिल्लरमै आवश्यक भन्दा अति न्यून मसाला प्रयोग गर्दा हातले पिल्लर भाँसिने गरेको छ । विद्यालयको भवनको सम्पूर्ण भार बोक्ने खम्बा (पिलर) मै मापदण्डभन्दा अधिक कम वस्तु प्रयोग गरेको पाईएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत श्री माध्यमिक विद्यालय ठाढीमा निर्माण भईरहेको भवनमा ठेकेदारले पिलरमा मापदण्डभन्दा अधिक कम वस्तु प्रयोग गर्दा हातले भाँसिने गरेको छ ।

पिलरमा कमसेकस १ भाग सिमेन्ट, डेढ भाग बालुवा र ३ भाग कन्क्रीट (गिट्टी) दिनुपर्नेमा सिमेन्टको मात्रा नै अति न्यून रहेको पाईएको छ । एक प्राविधिकले गरेको नीजि अनुगमनको क्रममा निर्माणधीन भवनमा कमसल र नक्कली बन्दै गरेको पाईएको हो ।

पिलरमा हुनुपर्ने मजबुतीको २० प्रतिशत समेत मजबुती नभएको अनुमगनको क्रममा देखिएको हो । विद्यालय भवन निर्माणको लागि नगरपालिकाबाट खटिने प्राविधिकले ध्यान नदिँदा ठेकेदारले आफूखुसी कमसल वस्तु प्रयोग गरी भवन निर्माण गर्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाहेरी समेत परेको हो ।

यस सन्दर्भमा नगरपालिकाका नगर प्रमुख बेचन दासले यथाशिघ्र सो विद्यालयमा प्राविधिकसहितको अनुगमन टोली पठाएर सत्यतथ्य बुझ्न लगाउने बताएका छन् । उनले विद्यालय जस्तो क्षेत्रमा भवन निर्माणको लागि यस्तो कार्य गरिएको पाईएमा भुक्तानी रोकिनुको साथै ठेकेदार वा उपभोक्ता समितिलाई कारवाहीको लागि सिफारिस गरिने बताए । उनले अनुगमन टोली पठाएर भवनको क्षमता, मापदण्ड बारे विस्तृत जानकारी लिने बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds