2024-05-03

Close

वीरगंज, ३० चैत ।
पर्सा प्रहरीले एक महिनाको अवधिमा ठुलो मात्रामा ५ करोड ८७ लाँख रुपैयाँ बराबरको भन्सार छलीका सामग्री पक्राऊ गरेको जनाएको हो।
पर्साका विभिन्न नाकाहरुमा कडाई गरि प्रहरीले एक महिनाको अवधिमा चोरी पैठारी गरि ल्याएको अवैध सामग्री ५ करोड ८७ लाख ३६ हजार ७९९ रुपैया बराबरको बरामद गरि वीरगन्ज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा दाखिला गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए।
पर्सा प्रहरीले राजस्व अभिवृद्धी तथा भन्सार चोरी पैठारी न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी कार्यालयबाट परिचालन भएको टोलीले चैत महिनामा १ करोड २३ लाख ४६ हजार ४९९ रुपियाँँ बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए।
उपरीक्षक ढुंगेलको अनुसार एक महिनामा पर्साका विभिन्न स्थानबाट रू. १ करोड २३ लाख ४६ हजार ४ सय ९१ रुपियाँ बराबरको लत्ता कपडा रहका छन् भने सोही अवधिमा १ करोड १० लाख ८७ हजार ७१० रुपियाँँ बराबरका सवारी साधन तथा पार्टपुर्जा बरामद गरिएको त्यसैगरी १ करोड ४२ लाख २३ हजार ९१७ रुपियाँँ बराबरका किराना तथा खाद्यान्न सामग्री बरामद गरिएको बताए ।
त्यसैगरि २ करोड १० लाख ७८ हजार ६८१ रुपियाँँ बराबरको विद्युतीय सामग्री बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
पक्राउ परेका सामग्रीहरू चैत ३० गते आज वीरगञ्ज भन्सार कार्यालयसँगै राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको ढुंगेलले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds