2024-05-04

Close

जनकपुरधाम । मधेश प्रदेश सरकारले पुरक बजेट ल्याउने तयारी थालेको छ ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले पुरक बजेट ल्याउने बिषयमा बिहीबार आन्तरिक छलफल गरेका छन् । सर्वोच्च अदालतले संघ र प्रदेशहरुलाई संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेपछि मधेश प्रदेश सरकारले सो कार्यक्रमको रकम फ्रिज हुनबाट जोगाउन पुरक बजेट ल्याउने तयारी थालेको छ ।

चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि २ अर्व ३५ करोड रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रत्यक्ष निर्वाचित प्रदेश सांसदका लागि ३ करोड र समानुपातिक सांसदको हकमा एक करोड रुपैयाँ बराबरको योजनाहरु सांसदले आफ्ना तजबिज अनुसार योजना छनोट गरी भौतिक पूर्वाधार कार्यालयहरु मार्फत कार्यान्वयन गराउने व्यवस्था गरिएको थियो । तर सर्वोच्च अदालतले सांसद आफैले निर्वाचन क्षेत्रमा विकासका कार्यक्रम गर्दा स्वार्थ बाझिने भन्दै सो कार्यक्रम विरुद्ध अन्तिम आदेश दिएको थियो ।

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि प्रदेश सरकारले मोटो रकम छुट्टाएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले भने–बिनियोजन गरिएको रकमलाई फ्रिज हुनबाट कसरी जोगाउन सकिन्छ त्यस बिषयमा हामी छलफल गरिरहेका छौ ।

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको मोटो रकम भएकोले पुरक बजेट ल्याएर बिनियोजन गरिएको रकमको व्यवस्थापन गर्ने तयारी प्रदेश सरकारले गरिरहेको मुख्यमन्त्री यादवले बताउदै प्रदेश सांसदहरुकै सहमतिमा केही नयाँ योजनाहरु थपेर पुरक बजेट ल्याउने बताए ।

यता, प्रदेशका अर्थ मन्त्री संजय कुमार यादवले संसदीय क्षेत्र पुर्वाधार विकास कार्यक्रमकालागि बिनियोजित गरिएको रकमलाई कसरी व्यवस्थापन गर्न सकिन्छ त्यस विषयमा छलफल भइरहेको बताए । तर पुरक बजेट नै ल्याउने विषयमा अहिले त्यस्तो कुनै निर्णय नभएको उनले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds