2024-05-08

Close

महेश सिंह, सिरहा लहान ३१, असोज । विभिन्न थारु फिल्म र मैथली एल्वमहरुमा मुख्य पात्रको रुपमा अभिनय गरेर चर्चामा आएका स्थानीय सुपरहिट एक कलाकार अहिले जीवन मृत्यु संग संघर्ष गरिरहेका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका -९ लक्षणपट्टी बस्ने अन्दाजी बर्ष ३२ को नवीन चैधरी हाल कलिलो उमेरमा जीवन मृत्यु संग लडिरहेको छ । करिब डेढ बर्ष देखी उनी बिरामी भएका छन् ।
धरान, बिराटनगरको विभिन्न अस्पताल हुँदै उनलाई थप उपचारको लागि हाल काठमाडौ लगिएको छ ।
कहिले डेङ्गु, कहिले क्यान्सर, किड्नीको समस्या, सुगर लगायतका बिभिन्न रोगबाट ग्रसित कलाकार चौधरीको अहिले कान समेत सुन्न नस्क्ने अबस्था रहेको पारिवारिक श्रोतबाट बुझिएको छ ।
बर्षौ देखि कहिले आइसीयु, कहिले भेन्टिलेटरमा राख्नु पर्ने भएकोले छोराको उपचारमा अहिले सम्म ४५ लाख खर्च भैसकेको कलाकार नवीन चौधरी कि आमा बिशवरी कुमारी चौधरीले बताए ।
कालाकार चौधरीले दर्जनौ थारु फिल्म र मैथली एल्वमहरुमा अभिनय गरिसकेका छन् ।
समाद एफ एम लहानबाट आफ्नो क्यारियरको सुरुवात गरेको कलाकार चौधरीको सैया भ्याल जमैया, दिलके टुक्रा, नथिया टुटल सैया खटिया पर, स्पृङ्ग सेट छौ, लगायतका गित र फिल्महरुमा मुख्य पात्र ( नायक) को रुपमा अभिनय गरिसकेका छन् ।
छोरोको उपचार गर्दा गर्दौ परिवारिक अवस्था अती दयनीय भऐकोले, सम्पुर्ण कलाकारहरु, बुद्धिजीवी, समाजिक अभियन्ता, समाजसेवी, संघ संस्था, देश, विदेशका प्रवासी कमदारहरु लगायतलाई कलाकार नवीन चौधरी बचाउ अभियानमा हातेमालो गरी सहयोग गरिदिन हुन परिवारले अनुरोध गरेका छन् ।
नविन चौधरीको आमा बिशवरी कुमारी चौधरीको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखाको खाता न:- २१८०१०००३२५३७०१० मा आर्थिक सहयोग गरीदिनहुन कलाकार चौधरीको परिवारले आग्रह गरेको छ ।
सहयोग गर्ने मनहरुले पैसा जम्मा गरेको भौचर `कलाकार नबिन चौधरी बचाउ अभियान´ फेसबुक लाईक पेजको कमेन्ट बक्समा पठाई दिनहुन अनुरोध गरेका छन् ।
थप जानकारीको लागि चौधरीको आमा बिशवरी कुमारी चौधरीको मोवाईल नम्बर:- ९८११७४१३१४, श्रीमतिको मोवाईल नम्बर :- ९८१४७२२१७७ र कलाकार नबिन चौधरी बचाउ अभियान सम्पर्क नम्बर :- ९८६०३५५३३५ मा जानकारी लिन सक्ने छ ।
बुवा आमाको तीन सन्तान मध्ये जेठो सन्तानको रुपमा रहेको कालाकार चौधरीको करिब ४ बर्षिय एउटा छोरी छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds