2024-12-12

Close

विराटनगर । मोरङ प्रहरी मातहतको ईलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी सई प्रविण खड्का नेतृत्वको टोलीले ११५ किलो गाँजा बरामद गरेको छ ।

मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर १ आदर्श टोलस्थित सडकमा रोकेर राखेको कारबाट आइतबार ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको हो ।

नहरनजिक भित्री सडकमा रोकेर राखिएको बा ७ च ९५९५ नम्बरको कारबाट १ सय १५ किलोग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

उनका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी नायव निरीक्षक (सई) प्रवीण खड्का नेतृत्वको टोलीले साँझ ५ बजेतिर गाँजासहितको कार नियन्त्रणमा लिएको थियो ।

त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी वेदप्रसाद जोशी नेतृत्वको टोली घटनास्थल पुगेको थियो। डीएसपी जोशी र सइ खड्का नेतृत्वको संयुक्त टोलीले कार चेकजाँच गर्दा गाँजा भेटिएको हो ।

कारको पछाडिको भागमा लुकाएर राखेको अवस्थामा अवैध गाँजा फेला परेको डीएसपी बस्नेतले बताए। उनका अनुसार बरामद भएको गाँजासहित कारलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान अघि बढाइएको छ। कार भएको स्थानमा चालक फेला नपरेको उनले बताए ।

कार कसको हो र चालक को थिए तथा गाँजा कसले एवं कहाँसम्म लगेको र कहाँदेखि ल्याएको भन्ने बारेमा खुल्न बाँकी रहेको बस्नेतको भनाइ छ। उनले अनुसन्धानपछि सबै कुरा पत्ता लाग्ने बताए। पहिचानको प्रयास गर्दै कारधनी र चालकको खोजतलास भइरहेको जानकारी उनले दिए। भारततर्फ कटाउनलाई कारको प्रयोग गरेर गाँजा ओसारपसार गरिएको र प्रहरी आएको थाहा पाएर कार छाडी चालक फरार बनेको हुनसक्ने अनुमान गरिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की लागूऔषध लगायतका अवैध वस्तुको ओसारपसार हुने गरेको पाइएपछि सवारीसाधनमाथि निगरानी र चेकजाँच बढाइएको बताउँछन्। ‘निजी तथा सार्वजनिक सवारीसाधनको प्रयोग गरेर गाँजा लगायतका वस्तु ओसारपसार हुने गरेको पाइयो,’ कार्कीले भने, ‘अवैध धन्दा नियन्त्रण गर्न प्रहरी सक्रियता बढाइएको छ।’

सवारीसाधनमा निगरानी र चेकजाँच बढाउँदै शंकास्पद स्थानमा प्रहरीले खानतलासीसमेत गरिरहेको उनी बताउँछन्। एसपी कार्कीले गलत काम भइरहेको कुनै सूचना भएमा तत्काल प्रहरीलाई उपलब्ध गराउन र अवैध धन्दा नियन्त्रणमा सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर