पर्सा प्रहरीद्वारा लुटपाट गर्ने गिरोहको ८ जना हात हतियार सहित पक्राउ

पर्सा प्रहरीले अपहरण शरीर बन्धक बनाई लुटपाट गर्ने  गिरोहमा शामिल रहेका हातहतियार सहित ८ जनालाई पक्राउ गरेको छ।
वीरगंजको रेल्वे सडकखण्डवाट अपहरण गर्ने गिरोहले  विशाल पटवलाई  पेस्तोल देखाई अपहरण गरि भिस्वाको एकान्त ठाऊमा लगि  ६ लाख ५० हजार रुपैया फिरवती रकम र हातहतियार  सहित ८ जनालाइ पक्राउ गरेको छ

पर्सा प्रहरीले पत्रकार सम्मेलन गरि made in usa लेखिएको पेस्तोल थान १ , ५ थान गोली र १ थान खुखुरी सहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा सुचना आएपछि क्राईम ब्रान्च प्रमुख एवम प्रज्वल थपिलियाको कमाण्डको खटिएको टोलीले पिडित पटवालाई उधार गरी डकैतीमा प्रयोग गरेको पेस्तोल १ थान मोटरसाइकल ३ थान र ४ लाख ९५ हजार, खुखुरी १ थान र कैचीहरु समेत ८ जनालाई पक्राउ गरेको  पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले पत्रकार सम्मेलन मार्फत  बताउनुभयो ।
हतियार र रकम सहित पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर  २४ रामगढवाका  बिजय महतो,वडा नम्बर २ छपकैया का सदाम अंसारी ,  वडा नम्बर ११ का संतोष लामा , रोशन थापा ,मोजामिल मियाँ , बारा कलैया वडा २३ का मकेश पटेल , बार परावनीपुर वडा नम्बर ३ लिपनीका नवाब हुसैन र भारतको बिहार राज्य रक्सौल अहिरवाटोलाका ईमाम अंसारी समेतलाई पक्राउ गरि अपहरण तथा शरीर बन्धक, डाका तथा हातहतियार तथा खरखजना एवम संगठित अपराध सम्बन्धि कसूरमा मुद्दा चलाएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो

बिज्ञापन