2024-12-04

Close

रौतहट । मधेश प्रदेशको रौतहट जिल्लास्थित निर्माणधिन रहेको भव्य विष्णु मन्दिर निर्माणका लागि हिन्दु सम्राट सेना अगाडि बढेको छ ।

स्थानीय जनप्रतिनिधिको बेबास्ता र हेलचक्राईका कारण आर्थिक लागत अपुग भई ६ बर्ष देखि मन्दिर अलपत्र भएको देखेर मन्दिर निर्माणका लागि हिन्दु सम्राट सेना अघि बढेको हो ।

हिन्दु सम्राट सेनाको अध्यक्ष राजेश यादव सहितको टोली शनिवार मन्दिर प्राङ्गणको अवलोकन गर्दै अलपत्र मन्दिर निर्माणका लागि आफ्नो टिम तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नु भएका हुन् ।

उहाँले हिन्दु सम्राट सेनाको तर्फबाट नगद २० हजार सहयोग गर्दै देश- बिदेशका सहयोगी हातलाई यस मन्दिर निर्माणका लागि सहयोग गर्न अपिल समेत गर्नु भएका छन् ।

हिन्दु सम्राटका टोलीले रौतहटमा अर्थ संकलनको लागि जिल्ला संयोजक राजभूषण श्रीबास्तबलाई जिम्मेवारी दिएको मन्दीर निर्माणका अगुवा पत्रकार एवं समाजसेबी संजय सहनीले जानकारी दिएका छन् ।

रौतहटको सदरमुकाम समेत रहेको गौर नगरपालिका वडा न. ४ टिकुलिया स्थित सोबर्नामाईको प्राङ्गणमा रहेको बिस्णुमन्दीर निर्माणका लागि स्थानीय पत्रकार संजय सहनीले ६ बर्ष पहिला पूर्वमन्त्री प्रभु साहबाट शिलान्यास गराएका थिए ।

मन्दीर निर्माणबाट सदरमुकामको कल्याण हुनुको साथै परापुर्वकाल देखि चर्चित एवं एतिहासिक सोबर्नामाई प्राङ्गणमा आन्तरिक तथा बाह्य पर्यटनको आवगम हुने र यसबाट पर्यटन क्षेत्रमा टेवा पुग्ने पत्रकार सहनीको भनाई छ ।

नेपाल पत्रकार महासंघ रौतहटको स–सचिब समेत रहेका सहनीले जति प्रयास गर्दा पनि सरकारले बजेट नदिएको गुनासो गर्दै अब स्थानीय र देश बिदेशकै सहयोगी हातहरुबाट सहयोग लिएर भए पनि यो आर्थिक बर्षमा मन्दिरको स्थापना गराई गराउने दाबि गरेका छन् ।

स्थानीयले बजेट छैन भन्छ्न, केन्द्र वा प्रदेश सरकारले समय मै बजेट दिन्न, दिएपनि बैशाख जेठमा दिन्छ, कम समयमा गरेको गुणस्तहिन हुने तथा चाहिएको डिजाइन गर्न मिस्त्री नै असक्षम हुने बाध्यता रहेकोले अब दाताहरु कै भरले मन्दिर बनाउन अघि बढने सहनीले बताए ।

जसो-तसो मन्दिरको करिब ५०प्रतिशत निर्माण कार्य सम्पन्न भएको दाबी गर्दै पत्रकार सहनीले थप निमार्णका र प्राणप्रतिस्ठाका लागि करिब ५० लाख रुपैयाँ लाग्ने अनुमान् रहेको जानकारी दिनु भएका छन् ।

सहनीले आफ्नो अगुवाईमा निर्माण हुन लागेको मन्दिर अलपत्र परेको बेला हिन्दु सम्राट सेना थप मदत गर्न आउँदा मन हर्सित भएको सुनाए ।

पत्रकार सहनीले एक्लो थिए ,सहयोग गर्ने कोई थिएन,एक्कासि एउटा ठुलो टिम भगवान् झै प्रकट हुनु भएको छ सम्पुर्ण टिम प्रति आभार ब्यक्त गर्न चाहन्छु।उहाँले अब मन्दिर बन्नमा कुनै शक्तिले नरोक्ने बताए ।

हिन्दु सम्राट सेनाले मन्दिर निर्माणका लागि रौतहट जिल्ला संयोजक राजभूषण श्रीबास्तबको एन.आई.सि एसिया बैक गौरको खाता नंबर :- ०४६५७५१७४९३४०००१ र ई .सेवा आईडि नम्बर :- ९८५५०४०५३९ मा सहयोगको अपिल गरेका हुन् ।

साथै सम्राट सेनाका पदाधिकारीहरुले विशेष जानकारीको लागि पत्रकार सन्जय सहनीको मोबाईल  नम्बर :- ९८५५०४०८७२ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर