2024-04-18

Close

काठमाडौं । नेपाल प्रहरी सेवामा अब ८ वर्षमै बढुवा हुने भएको छ । सेवा प्रवेश गरेको १२ वर्षसम्म प्रमोशन नहुने व्यवस्था हटाउँदै सरकारले ८ वर्षमै बढुवा हुनेगरी प्रहरी नियमावली संशोधन गरेको हो ।

मन्त्रिपरिषद्ले प्रहरी नियमावली – २०७१ लाई संशोधन गरेर बाह्र बर्ष भन्ने शब्दको सट्टा ‘आठ वर्ष’ भन्ने शब्द राख्ने निर्णय गरेको छ । सो निर्णय सोमबार राजपत्रमा प्रकाशन गरिएको छ ।

यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने डीएसपीसम्मका अधिकृत र जुनियर अधिकृतलाई अवकाश हुनुभन्दा एक महिनाअघि स्वत बढुवा दिने व्यवस्था थियो । अब, सो व्यवस्थालाई परिवर्तन गरेर ८ वर्ष एउटै पदमा काम गरेर अवकाश हुने अवस्था आए स्वतः बढुवा गरेर एकतह पदोन्नति गरेर अवकाश दिनेगरी नियमावली संशोधन गरिएको छ ।

यसअघि १२ वर्षसम्म प्रहरी नायव निरीक्षक (सई) दर्जामा काम गरेपछि मात्र इन्स्पेक्टर र इन्सपेक्टरमा पनि १२ वर्ष काम गरेपछि डिएसपीमा पदोन्नति भएर अवकाश पाउने व्यवस्था थियो ।

अब, सो व्यवस्था हटाएर ८ वर्ष कायम गरिएको छ । अब इन्स्पेक्टरमा ८ वर्ष जागिर भएपछि अवकाशमा जाने प्रहरी अधिकृतहरु स्वतः बढुवा भएर डिएसपी हुनेछन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds