2024-09-07

Close

जनकपुरधाम । मानवअधिकार रक्षकको सुरक्षा र संरक्षण तथा शहिद प्रतिष्ठानसँग जोडिएका दुई विधेयक अघि बढाउन मधेश प्रदेशमा सक्रिय मानवअधिकारकर्मीहरूले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको ध्यानाकर्षण गराएका छन् ।
जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सिँहलाई भेटेर मानवअधिकारकर्मीहरूको समूहले मधेश सहिद प्रतिष्ठानले मधेशलगायत आन्दोलनका सहिद तथा घाइतेलाई मात्र समेटेकोमा सो संस्थाको कार्यक्षेत्रभित्र अन्य बेलाका सहिद, घाइते र द्वन्द्वपीडितलाई राख्नेगरी कानुन ल्याउन माग गरे ।
उनीहरूले मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानुनलाई समेत अगाडि बढाउन मुख्यमन्त्री सिँहलाई आग्रह गरे । विभिन्न चरणमा छलफल भई दुवै कानुनका मस्यौदाले अन्तिम रूप लिइसकेको र केही कानुनी प्रक्रियासमेत अघि बढिसकेको भन्दै छिटोभन्दा छिटो दुवै विधेयक पारित गराउन उनीहरूले मुख्यमन्त्री सिँहको ध्यानाकर्षण गराए ।
प्रत्युत्तरमा मुख्यमन्त्री सिँहले कानुनको मस्यौदामा थप परिमार्जन गर्न दुवै विधेयकलाई सम्बद्ध मन्त्रालय र निकायमा पठाई विधेयकलाई अघि बढाइने बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश संयोजक राजु पासवानको अगुवाइमा मुख्यमन्त्री कार्यालय पुगेको टोलीमा अधिवक्ताराजकुमार महासेठ, जमुना भुजेल, निकेश यादव, प्रियंका ठाकुर, सन्तोष कुमार यादव र सञ्जू पंजियार आदि सम्मिलित थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर