2024-12-04

Close

जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सवमा यसपटक विश्व हिन्दु परिषद अयोध्याको नेतृत्वमा ५०० जना विशेष जन्ती आउने भएको छ । पाँचसय भन्दा बढीको संख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा शुरु भइसकेको छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार जन्तीको स्वागत र विवाहपञ्चमीको तयारीका लागि जानकी मन्दिरमा सर्वपक्षिय बैठक गरिएको जानकारी दिए ।

विश्व हिन्दू परिषदका अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज, रामजन्म भूमि तिर्थ क्षेत्र ट्रष्टका चम्पत राय लगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले बताए । जन्तीमा सन्तमहन्थ र विश्व हिन्दु परिषदका अधिकारीहरु सहभागि रह्नेछन् ।

मंसिर १८ गते जन्ती जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । मंसिर २१ गते विवाहपञ्चमी रहेको छ । अयोध्याबाट आएका जन्तीहरु मंसिर २३ गते भारतका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर