2024-04-19

Close

जनकपुरधाम । प्रदेश नम्बर २ का सशस्त्र प्रहरीका डिआईजी गणेश ठाडा मगरलाई शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले बोर्डरमा किसानको मल नसमातिदिन आग्रह गरेका छन् धनुषाको महिनाथपुर बिओपीमा नयाँ भवनको उद्घाटन कार्यक्रममा आफ्नो मनतव्य राख्दै मेयर बरबरियाले भारबाट असल किसानहरुले ल्याउने कम्तीमा एक बोरा मल नसमातिदिन आग्रह गरेका छन् ।

बिओपी महिनाथपुरको नव निर्मित भवनको उदघाटन कार्यक्रमको लागि महिनाथपुर आएका डिआईजी मगरलाई मेयर बरबरियाले किसानको वर्तमान समस्यालाई ध्यानमा राख्दै बोर्डरमा किसानको मल समातिरहेकोमा कम्तीमा एक बोरा मल किसानलाई सहज पारिदिन आग्रह गरे ।

वर्तमान अवस्थामा अन्नदाता मानिएका किसानहरुले नै आन्दोलनमा उत्रिनुपर्ने बाध्यता यहाँको सरकारको लागि दुर्भाग्य भएको बताउँदै किसानको कम्तीमा एक बोरा मल सहज रुपमा ल्याउनदिन आग्रह गरेका हुन् ।

सुरक्षाकर्मीको प्रोटोकल भएको स्वीकार गर्दै उनले व्यवहारिक रुपमा भएपनि किसानलाई मल सहज रुपमा ल्याउन दिन आग्रह गरे । सोही क्रममा मेयर बरबरियाले बिओपी महिनाथपुरका ईन्चार्ज ईन्सपेक्टर दिलेन्द्र खत्रीको खुलेर प्रशँसा गरे ।

ईन्सपेक्टर खत्रीले महिनाथपुर नाकामा देखाएको कार्य सम्पादन भवन बनाउनको लागि गरिएको पहलप्रति प्रशँसा गरे

कार्यक्रममा विदेह नगरपालिकाका मेयर बेचन दास, स्थानीय जनप्रतिनीधिहरु, सशस्त्र प्रहरी धनुषाका एसपी नरेन्द्र सेन, डिआईजी गणेश ठाडा मगर, ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक रबिन मैनाली लगायतका सुरक्षा निकायका अधिकारीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds