अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वार्ड नं. २ दुहवीस्थित श्री शंकर जनता माध्यमिक विद्यालय दुवही गोबराहीको प्राङ्गणमा गाउँब्लक जगाधनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रम २०८२ नापी कार्यालय धनुषाद्वारा विदेह नगरपालिका वार्ड नं. २ र ३ दुवही गोबराहीका बासिन्दालाई लालपुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता नापी अधिकृत टोली प्रमुख बौएलाल मण्डलले गरेका थिए भने प्रमुख अतिथि नगर प्रमुख बेचन दास तथा विशिष्ट अतिथि नगर उपप्रमुख आशा देवी झा रहेका थिए । कार्यक्रममा अतिथिका रूपमा वार्ड नं. २ का वडाअध्यक्ष राम पुकार सहनी र वार्ड नं. ३ का वडाअध्यक्ष राम श्रेष्ठ मुखिया, वडा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।