जनकपुरधाम । अन्तर्राष्ट्रिय युवा दिवस मनाउनको क्रममा धनुषाको कमला नगरपालिकामा समेत युवा दिवस मनाईएको छ । कमला युवा सँजाल नामक क्लबले कमला नगरपालिका वडा नं. ४ साघारा चोकमा युवा दिवस मनाएको हो ।
सरकारले बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गुनासो युवाहरुले गरेका छन् ।
कमला युवा सँजालका अध्यक्ष विमलेश यादवको अगुवाईमा सघाराचोकमा शनिबार साँझ दिप प्रज्वलन गरी २४ औ युवा दिवस मनाईएको हो ।
प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका संरचना तयार गरिएका छन् ।
सो कार्यक्रममा कमला युवा सँजालमा महासचिव चन्द्रदीप यादवसहित सँजालमा पदाधिकारी, सदस्यहरुसहित स्थानीयहरुको समेत सहभागीता रहेको थियो ।