जनकपुरधाम । रौतहटको चन्द्रपुर नगरपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव सिकिन्द्र प्रसाद साह आउने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार साहलाई चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव साहले यसअघि सर्लाहीको हरिपुर्वा नगरपालिका, धनुषाको विदेह नगरपालिकालगायत अन्य स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको छ ।