2025-06-01

Close

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले लागूऔषधकै कारण मधेशमा अपराध बढेको तथा सुरक्षा चुनौती थपिएको बताएका छन् ।

जनकपुरधाममा सङ्घीय र प्रदेश गृह मन्त्रालयद्वारा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीको समुद्घाटन गर्दै उनले लागूऔषध अपराधको मुख्य जड बढेको बताए । अपराध न्यूनीकरण गर्न लागूऔषध नियन्त्रण जरुरी भएको उनले बताए ।

लागूऔषधकै कारण देशमा सवारी दुर्घटना, आत्महत्या र साइबर क्राइम बढेको छ, गृहमन्त्री लेखकले भने, यो सबै अपराधको जड नै लागूऔषध छ । लागूऔषध नियन्त्रण जरुरी छ ।

उनले नेपाल भौगोलिक रूपमा विपद्को जोखिममा रहेको उल्लेख गर्दै सुरक्षाको योजना अपरिहार्य रहेको बताए । उनले भने, भूकम्प जति वेला पनि आउन सक्छ । मौसम अनुसार बाढी पहिरो आउँछ । कटान, लु, लेक, आगलागीको सबै खालको जोखिम छ यहाँ । त्यसैले हरहमेशा तयारी अवस्थामा रहन सक्नुपर्छ ।

सो गोष्ठीमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रहरी प्रशासन प्रदेश मातहत ल्याउन ढिलाइ भइरहेकोप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले प्रहरी प्रशासन प्रदेश मातहत नरहेकाले शान्ति प्रदेशको सुरक्षा कायम राख्न समस्या भइरहेको गुनासो गरे ।

गोष्ठीमा नेपाली सेनाका उपरथी निर्मल कुमार थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाली सेना मधेश महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतनाका पृतनापति कृष्णबहादुर जिसी, मधेश प्रहरीका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदी, मधेशका आठै जिल्लाका सुरक्षा अधिकारी सहभागी छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर