पर्साको सदरमुकाम वीरगंजको श्रिसियामा भएको अपरहण गरि निरज पासवानको हत्या प्रकरणमा संलग्र भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहको अनुसार कक्षा ८ मा अध्ययनरत बालक निरज मंसिर ५ गते दिउँसो २ बजे अपहरणमा परेका थिए । निरजको शव पुस १० गते साँझ ५ बजे वीरगन्ज २५ सिर्सिया खल्वाटोलस्थित गुरूकुल पन्ना मेमोरियल स्कुलको पुरानो भवन अगाडि सेप्टिक ट्यांकीभित्रबाट प्रहरीले सडेगलेको अवस्थामा फेला पारेको थियो । मृतक बालकको पहिचान उनको कपडाबाट भएको थियो ।अपहरणपछि आरोपिहरूले अपहरित बालक निरजकुमार पासवानलाई हात खुट्टा तथा मुखमा पट्टी बाँधेर राखेका थिए । बालकले सोही दिन आफूलाई बाँधिएको डोरी फुकाई भाग्न खोज्दा अपहरणकारीले आफ्नो पहिचान खुल्न सक्ने डरले बालकको हत्या गरेको देखिन आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख शाहले बताए ।
प्रहरीले उनीहरूको साथबाट फिरौती रकम माग गर्न प्रयोग भएको सिमकार्ड सहितको १ थान मोबाइल, मृतक बालकको निलो रंगको जिन्स पाइन्ट, खैरो रंगको पेटीसमेत बरामद गरेको छ भन्ने बालकका बुबा श्रीराम हजरा दुसाद सँग अपहरणकारीले टेलिफोनबाट फिरौती माग गरे पनि लिन नपाएको एसपी शाहले बताए । ‘
उनीले वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का सिर्सियाको खालवा टोलको निरज पासवानलाई अपरहरण गरि कर्तव्य गरि मार्ने २ जनालाई पक्राउ गरि अनुसन्धान गर्दे अभियुक्तहरूले अपहरित गरिएको बालक पासवानलाई हात खुट्टा तथा मुखमा पटी बाँधी राखेको अवस्थामा निज बालकले बाँधिएको डोरी फुकाइ भाग्न खोजीएकोमा अपहरणकारीहरूको पहिचान खुल्न सक्ने डरले घाटी थिची मारेको खुलेको बताउनुभयो ।
पक्राउ पर्नेमा धोबिनी गाऊपालिका वडा नं.१ घोडदौडपिप्रा बर्ष ३० को दिलीप पटेल र वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौका बर्ष २४ को कृष्णा भन्ने शयाम प्रसाद यादवलाई पक्राउ गरि पर्सा जिल्ला अदालतबाट अपहरण वा शरिर बन्धक बनाई कर्तव्य ज्यान ( ज्यान सम्बन्धि कसूर) मा म्याद थप अनुमति लिई अनुसन्धान कार्य जारी रहेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक शाहले जनकारी दिनुभयो ।