2025-05-29

Close

जनकपुरधाम । धनुषाको ईलाका प्रशासन कार्यालय यदुकुहाबाट जारी गरिएको राहदानी (पासपोर्ट) प्रमाणपत्र फर्जी भेटिएको प्रकरणले सनसनी फैलिएको छ। हालसम्म सो कार्यालयबाट जारी गरिएका तीनदेखि चारवटा प्रमाणपत्र फर्जी भएको पुष्टि भएको छ।

ईलाका प्रशासन कार्यालय यदुकुहाका प्रमुख गणेशचन्द्र मिश्रले फर्जी राहदानी प्रमाणपत्र फेला परेको स्वीकार गरेका छन्। तर ती राहदानी कसको नाममा, कहिले र कुन अधिकृतमार्फत जारी गरिएको भन्ने विवरण खुलाउन मानेनन्। उनले भने, ‘३–४ वटा राहदानी फर्जी फेला परेका छन्, तर विस्तृत विवरण अहिले भन्न मिल्दैन।’

फर्जी राहदानी प्रकरण सार्वजनिक भएपछि स्थानीय नागरिक समाज तथा सरोकारवालाहरूले प्रशासनिक संयन्त्रमै गम्भीर कमजोरी रहेको भन्दै तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्। स्थानीय रमन यादव भन्छन्, ‘राहदानी प्रमाणपत्रजस्तो संवेदनशील कागज फर्जी हुने हो भने यो राज्यप्रतिकै अविश्वास हो। दोषी जोसुकै होस्, कडा कारबाही हुनु पर्छ।’

तर जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले भने आफूलाई फर्जी राहदानी प्रमाणपत्रको विषयमा कुनै जानकारी नभएको बताएका छन्।

एक प्रशासनिक स्रोतका अनुसार उक्त राहदानी प्रकरणमा सरकारी कर्मचारी वा बाह्य दलाल समूहको संलग्नता रहेको आशंका गरिएको छ।

स्थानीय प्रशासनमाथिको यो प्रश्नचिन्हले देशका अन्य जिल्लामा समेत यस्ता फर्जी कार्य भइरहेको सम्भावना खारेज गर्न नसकिने देखिएको छ। यदि समयमा नियन्त्रणमा लिइएन भने यसले राष्ट्रियस्तरमै गम्भीर असर पार्न सक्ने सरोकारवालाहरूको भनाइ छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर