
काठमाडौं । थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका करण बाडियाले २२० किलो उचालेर विश्व कीर्तिमान स्थापित गरेको भन्दै काठमाडौंमा सम्मान गरिएको छ । काठमाडौं स्थित ठमेलमा रहेकाे नेपालको पहिलो जिम क्लब नेपाल व्यायाम मन्दिरमा प्रमाण पत्र दिएर खादा माला लगाई सम्मान गरिएको हो । अहिले सम्पूर्ण खेलाडी स्वदेश फरकिएका छ्न र अहिले चासो बिसय के छ भने नेपाल सरकार ले यी प्रशिक्षक र खेलाडीहरु सम्मान कहिले गर्ने हो??
नेपाल स्टेन्थलिफ्टिङ महासंघ स्थापित (ई.सं. २०२१) काठमाडौं स्थापना भएको थियोे । महासंघले निरन्तर खेलाडीहरुलाई प्रोत्साहित गर्दै आएको छ र महासंघको थप उन्नतिका का लागि नेपाल सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको छ ।
थाईल्याण्डको पटायामा सम्पन्न १२ औं विश्व स्ट्रेन्थलिफ्टिङ्ग तथा आई.बी.पी. च्याम्पियनसिप प्रतियोगिता २०२५ जुलाई १६ देखि १९ सम्म संचालन भएको हो । नेपालको प्रतिनिधित्व विभिन्न खेलाडीले पदक जितेका हुन । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का करण वाडियाले बिश्व रेकर्ड बनाएका थिए। वाडियाले सिनियर ६० के. जी. तौल समूहको आई.बी.पी.मा दोस्रो स्थान, स्ट्रेन्थलिफ्टिङ्ग (हेक लिफ्ट) मा प्रथम स्थान र २२० के. जी. भार उठालेर विश्व रेकर्ड हासिल गर्न सफल भएकोले महासंघले बधाईका साथ स-सम्मान यो सम्मानपत्र प्रदान गरेको छ । वाडिया संगै रहेका सम्पूर्ण खेलाडीलाई सम्मान – पत्र प्रदान गरिएको हो । उक्त प्रतियोगितामा सहभागी नेपालगन्ज ७ डिएसपी रोडका मोहित गुप्ताले स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाईन बेन्च प्रेसमा स्वर्ण पदक र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा कास्य जित्न सफल भएका थिए ।
यस्तै नेपालगन्ज २ घरबारी टोलका सन्तोष काजी शाक्यले ७६ किलो तौलमा पुरुषतर्फ रजत पदक जित्नु भएको थियोे ।
सो प्रतियोगितामा नेपालबाट नौ जना खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा नेपालीे टिमले सात स्वर्ण, पाँच रजत र दुई कास्य पदक गरेर १४ वटा मेडल प्राप्त गरेको महासंघले जनाएको हो ।





