

जनकपुरधाम । मधेश प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सरोज कुमार यादवलाई दिइएको छ । प्रदेशका मुख्यमन्त्री सतिष सिंह काम विशेषले देश बाहिर गएकाले कार्यवाहक मुख्यमन्त्रीका रूपमा यादवलाई जिम्मेवारी दिइएको हो ।
मुख्यमन्त्री सिंहले जारी गरिएको सूचना अनुसार आफ्नो अनुपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यसम्पादन गर्नका लागि यादवलाई जिम्मेवारी दिइएको हो ।
बिज्ञापन



मधेश प्रदेश सरकार कार्यसम्पादन नियमावली २०८० को नियम १४ को उपनियम (३)बमोजिम यादवलाई सो जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरधामले जनाएको छ । यादव अहिले सिंह नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रीको रूपमा रहेका छन् ।
