2024-04-26

Close

जनकपुरधाम । धनुषामा एक जना साधुले आफ्नै शरीरमा जमरा उमारेका छन् । धनुषाको कमला नगरपालिका८ र ९ को सीमामा पर्ने माता लिलावती थान नजिकैको आश्रमका साधु खाल्डो खनी सुतेका छन् ।

उनले आफ्नै शरीरमाथि माटो थुपारेर जमरा उमारेका हुन् ।सप्तरी सदरमुकाम राजविराज घर भएका ३५ बर्षीय मनोज कुमार देशमा सुख र शान्तिको कामना गर्दै निराहार ब्रत बसेका छन् र शरीरमा जमरा उमारेका हुन् ।

‘यो देश नेपाल ऋषिमुनीहरुको देश हो । प्रत्येक दशैंमा ऋषिहरुले यस किसिमको तपस्या गर्ने गर्थे,’ मनोजले भने, ‘अहिले बन्द भएको अवस्था छ । अरुले नगरेपनि म देश र सबै जनताको नाममा यो तपस्या गरिरहेको छु ।’

साधु मनोजकुमार भन्छन्, ‘ऋषिमुनीले देश र समाजका लागि सोंच्थे, त्यही भएर त्यो बेला देशको अवस्था ठीक रहन्थ्यो, तर, अहिले देशका लागि कसैले सोच्दैनन् । सबै आफ्नो लागि मात्रै सोंच्ने गर्छन् ।’

उनले लगातार २१ बर्षदेखि दशैंमा यसरी जमरा उमार्दै आएको बताए । भारतको बंगाल र दिल्लीमा पनि यस किसिमको तपस्या गरेको साधु मनोजकुमारले बताए ।

देशका पूर्वजले आफ्नो शरीरमा दुःख, कष्ट गरी अरुलाई सुख दिँदै आएपनि अहिले त्यो क्रम हराइसकेको भन्दै साधु मनोजकुमारले तपस्याको अर्थ नै आफूलाई दुःख दिएर अरुलाई सुख दिनु भएको बताए । ‘धेरै मान्छे दुःखी छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds