2024-04-18

Close

 

जनकपुर भदौ १ गते । जनकपुर अंचल अस्पतालको लापरवाहीले फेरी एक युवकको अकालमै ज्यान गएको छ । महोत्तरीको पिपरा गाउँपालिका बनौली बस्ने छविकान्तका २१ वर्षीय छोरा कुन्दन झाको ज्यान गएको हो ।

शनिवार समान्य जोरो र पेट दुखेपछि जनकपुर अंचल अस्पतालमा भर्ना भएका युवक कुन्दनको अस्पतालकै चरम लापरवाहीले आईतवार विहान ५ बजे ज्यान गएको परिवारजनले जनाएको छ ।

कुन्दनका भिनाजु भर्ना भएको बेला अकास्मिक कक्षका चिकित्सकले समयमा चेकजाँच तथा उपचार नगरेको र पछि डिउटीमा रहेका ल्याबको कर्मचारी र डा.आनन्दकुमार झाको लापरवाहीले कुन्दनको ज्यान गएको हो ।

मृतक कुन्दनका भिनाजु आसुतोषका अनुसार विहान पौने ५ बजे डा. आनन्दकुमार झाले बिरामीको अवस्था सिक्ति भएको र आईसियुमा भर्ना गर्नुपर्ने भन्दै बाहिरको निजी हस्पिटलमा लग्न परिवारजनलाई सल्लाह दिएका थिए । जनकपुर अंचल अस्पतालमै रहको आईसियुमा परिवारजनले भर्ना गरिदिन गुहार गर्दा डा. झाले यहाँ आईसियु खाली नरहेको भन्दै बाहिरै लग्न भनेका थिए । तर त्यति बेला अंचल अस्पतालको आईसियुको तीनवटा बेड खालिरहेको थियो ।

 

एम्बुलेन्सको जोरजाम गर्दैगर्दा कुन्दनको विहान ५ बजे ज्यान गएको भिनाजु आसुतोशको भनाई छ । अंचल अस्पतालमा आईसियु खाली हुँदाहूँदै समेत डाक्टरले उपचार राम्ररी नगरेको र झुटो बोलेर बिरामीलाई सिरियस अवस्थामा बाहिर रेफर गर्न खोज्दा मृत्यु भएको भिनाजु आसुतोषले गुनासो गर्नुभयो ।

 

‘ल्याबका कर्मचारी कहाँ पटक पटक दौडधुप गर्दा चारघण्टापछि रगत, पिसाव जाँचको रिपोर्ट दियो, डा.झाले हेरेपछि चिनीको मात्रा बढेकोले अवस्था गम्भीर भएको बताए । आईसियुमा भर्ना गर्नुपर्ने सल्लाह दिँदै बाहरि लग्न भने । त्यहाँ पनि आईसियु सेवा छ खाली थियो । तर डाक्टरले खाली छैन बाहिर लग्न सुझाए । जब एम्बुलेन्स खोजेर ल्याए । मेरो सालोको मृत्यु भयो’, भिनाजु आसुतोसल रुदैँ भन्नुभयो ।

 

उहाँले अस्पतालका चिकित्सक, ल्याबका कर्मचारीको चरम लापरवाहीले ज्यान गएको भन्दै घटनको छानविन गरी दोषीमाथि कार्वाहीगर्न माग गर्नुभयो ।

विरामीको अवस्था समान्य थियो, तर रिपोर्ट ढिलो आएर बचाउन सकिन : डा. झा

यता उपचारमा संलगन चिकित्सक डा. अनन्दकुमार झाले सुरुमा बिरामीको अवस्था समान्य भएपनि ल्याबको रिपोर्ट ढिलो आएको कारण बिरामीलाई बचाउन नसकेको स्वीकार गर्नुभयो ।

‘मैले सुरुमै विरामीलाई देखे समान्य ज्वरो थियो, अलि अलि पेट दुखेको थियो । मैले रगत पिसाव परीक्षण गराउन भने । रगत पिसावको रिपोर्ट ४ घण्टा ढिलो आयो । रिपोर्ट हेर्दा विरामीलाई सुगरले च्यापिसकेको थियो, रगतको पनि अभाव थियो’ डा.झाले भन्नुभयो ‘रिपोर्ट समयमै पाएको भए बिरामीलाई कन्ट्रोल गर्न सक्थे ।’

‘बिरामीलाई आईसियुमा राख्नुपर्ने अवस्था थियो । एकजना बिरबहादुर नामको स्टापलाई आईसियुको बेड खाली छकी छैन हेर्न पठाए । उनले आएर भने खाली छैन । अनि मैले बिारमीलाई बाहिर लग्न भने । त्यसको केहि बेरमै बिरामीको मृत्यु भयो । यसमा मेरो कुनै लापरवाही छैन । ’
उहाँले भन्नुभयो ।

 

सुरुमा बिरामीको अवस्था समान्य रहेकाले बाहिर रेफर नगरेको र रिपोर्ट आएपछि अवस्था बिग्रेको देखेपछि मात्र बाहिर लग्न सल्लाह दिएको डा.झाको भनाई छ ।

उपचारमा लापरवाही गर्नेलाई कावही गर्छु : मेसु यादव

यता घटनापछि अंचल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादवले बाहिर आएको कुरा अनुसार उपचारमा संलग्न चिकित्सक र ल्याबका कर्मचारीमाथि छानविन गरी लापरवाही गरेको भए कार्वाही गर्ने बताउनुभयो । ‘मैले यो विषयमा चिकित्सकसंग कुरा गरे । डा. आनन्द झाले अर्को स्टापलाई आइसियुमा खाली छ की छैन हेर्न पठाएको थिए । मैले डा. झालाई आफै किन हेर्न जानु भएन प्रश्न गरेको छु, ल्याबको ढिलासुस्तीको पनि कुरा आएको छ । म यस विषयमा छानविन गरेर लापरबाही गर्नेलाई कार्वाही गर्छु । ’ मेसु यादवले भन्नुभयो ।

जनकपुर अंचल अस्पतालमा पटक पटक हुन्छ लापरबाही घटना

जनकपुर अंचल अस्पतालको लापरवाहीले पटक पटक अकालमै समान्य बिरामीको ज्यान जाने गरेको छ । यस अघि पनि कतिपय घटना चिकित्सकै लापरबाहीले भइसकेको छ । तर दोषीमाथि कार्वाही भएको छैन । त्यसकारण अंचल अस्पतालमा लापरवाही गर्ने चिकित्सक, नर्स र ल्याबाका कर्मचारीको मनोपोली बढ्दै गएको छ ।

 

भर्ना गर्दा समयमा बिरामीको उपचार नगर्ने, चेकजाँच र रिपोर्ट दिन आलटाल गर्ने र डिउटीमा रहेका चिकित्सक तथा नर्सले कुनै मतलब नगर्ने र बिरामीको अवस्था गम्भीर भएपछि बाहिर रेफर गर्न भन्ने जस्ता प्रवृतिले जनकपुर अंचल अस्पतालमा पटक पटक ज्यान जाने गरेको उपचार गराउन आएका सर्वसाधारणहरुको गुनासो छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds