जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाले पनि नगरभरिका सबै विद्यालयहरुमा विदा दिएको छ ।
चिसो र हुस्सुका कारण अचानक शितलहर बढेपछि बिदेह नगरपालिकाले पनि भोलीदेखि शुक्रबारसम्मका लागि विद्यालयहरुमा विदा दिएको हो ।
नगरको प्रशासकीय अधिकृत सन्जिब कुमार साहले मंगलबार एउटा सूचना जारी गर्दै नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक र संस्थागत (निजी) विद्यालयमा भोलीदेखि शुक्रबारसम्मका लागि विदा दिइएको जनाएका छन् ।
साहले जारी गरेको सूचनामा मौसम प्रतिकुलताका कारणबाट बालबालिकाहरुलाई नियमित विद्यालयमा पठनपाठन गर्न असहज हुँदै गएकोले मिति २०७९ पुष २० गते बुधबार देखि २०७९ पुष २२ गते शुक्रबारसम्मका लागि जाडो विदाबाट कट्टा हुनेगरी विद्यालयमा पठनपाठन मात्र स्थगित गरिएको उल्लेख छ ।