2024-03-29

Close

विपिन कुमार यादव ,जनकपुरधाम कार्तिक १३। समाजवादी पार्टी औरही गाउँपालिका धनुषाले नगर स्तरीय शुभ दिपावली ,छठपर्व र पुर्णिामाको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

समाजवादी पार्टीको नगर अध्यक्ष कमल देव मण्डलको अध्यक्षता र पार्टीका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नम्बर २ का संघीय सांसद उमाशंकर अरगरियाको प्रमुख अतिथ्यमा चियापान कार्यक्रम भएको थियो ।

कार्यक्रममा सहभागी र क्षेत्रबासीलाई शुभकामदा दिँदै उनले भने, ‘सिँचाइ अभावले सबभन्दा बढी समस्या किसानले झेलिरहेका छन् । त्यसैले अब सिंचाइमा विशेष वजेट खर्चिन आवश्यक छ ।’ उनले यस क्षेत्र सडक निर्माण, शिक्षा र स्वास्थयमा समेत पछाडी परेकाले यसतर्फ पनि ध्यानाकर्षण भएको बताएका थिए ।

 

समाजवादी पार्टीले शुरु गरेको शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रम अन्तर्गत औरही गाउँपालिका वडा नं.६ चक्कर टोलमा स्थानीयहरु संग भेटघाट तथा शुभकामना आदानप्रदान गरेका छन् |

तिहार , छठ र पुर्णिामाको अवसरमा संसदको चौथो अधिवेशन सम्पन्न भएपछिको खाली समयलाई सदुपयोग गर्दै सांसद अरगरियाले आफ्नो निर्वाचन क्षेत्रमा ‘शुभकामना´आदानप्रदान कार्यक्रम शुरु गरेका हुन् ।

संसदको अर्को अधिवेशन शुरु नहुँदासम्म आफ्नो क्षेत्रका जनताको समस्यालाई मध्य नजर राख्दै कार्यक्रमलाई निरन्तरता दिने र पर्व को बेला परत्यक्ष जनता संग भेट गरि शुभकामना साथ स्थानीय को समस्या बारे जानकार भइ समाधान तिर लागने सांसद अरगरियाले बताए ।

निरन्तर समाज संग जोडेर सामाजिक मुद्दा उठान र समधान गर्ने तर्फ़ उन्मुख रहेका सांसद अरगरियाले यो खाली समयलाई विशेष रुपमा सदुपयोग गर्नका लागि आफूले आफ्नो क्षेत्रका जनता , नेताकार्यकर्तासंग भेटघाट र उहाँहरुको समस्या समाधानका लागि कार्यकर्ताको माझ गएर कार्यक्रम शुरु गरेको बताए ।

 

उनले भने क्षेत्र न.२ का जनता ले बिस्वास गरि मलाई निर्वाचित गराएको छ र म जनता को माया र बिस्वास माथि खडा उत्रिन आफु प्रतिबध रहेको भन्दै उनले आफ्नो क्षेत्रका हरेक जनताको घरमा पुगेरसमस्या बुझ्ने र त्यो समस्या तत्कालै समाधान गर्ने आफ्नो योजना रहेको बताए ।

आफ्नो निर्वाचन क्षेत्रमा स्थानीयहरु संग भेटि समस्या,गुनासो , बिकाश का योजना बारे बुझेका सांसद अरगरिया आफु छिटो भन्दा छिटो समस्या समाधान गर्ने र बिकाश तर्फ आवस्यक हरेक निकाय एवं मन्त्रालय र स्थानीय सरोकार वाला संग समन्वय गरि क्षेत्र को जनतालाइ विकास को प्रतिभुती दिलाउने बाचा गरे |

कार्यक्रमका बिशिष्ट अतिथि प्रदेश नं.२ का आन्तरिक तथा कानुन मन्त्री प्रदेश सांसद ज्ञानेन्द्र कुमार यादव , प्रदेश सांसद राम अशिष यादव थिए । जिल्ला अध्यक्ष पशुपति यादव, जिल्ला सदस्य रामेश्वर यादव, लाल बहादुर यादव, रिता देवी महतो युवा नेता सरोज कुमार मण्डल, प्रमोद कुमार अधिकारी,शंकर प्रसाद साह ,रामबृक्ष ठाकुर बिदेह नगर अध्यक्ष दिप्या देवी दास लगायतको नेताकार्यकर्ताहरुले आफ्नो मन्तव्य राखेको थियो ।

कार्यक्रम संचालन लाल बहादुर यादवले गरेको थिए ।
अरगरियाले भने मधेसी जनताको मनमा छलकपट छैन , सोझा र मनका धनी छन । मधेसी जनता अधिकार र बिकासको आशामा सदियौं देखि कांग्रेस , तत्कालीन एमाले माओवादी एवं हालको नेकपालाई भोट दिए । तर आज सम्म कांग्रेस र नेकपाले मधेसलाई के दियौं ? सचेतक अरगरियाले नेकपा र कांग्रेसले मधेसलाई भाडोको रुपमा मात्र प्रयोग गरिएको कुरा मधेसी जनताले अब पनि बुझ्न् अति जरुरी रहेको धारणा राखे ।

 

मधेसीकै भोटको साहारामा नेपालको सतामा शासन गरेका पार्टीले उत्पीडनमा परेका मधेसी जनतालाई अधिकार दिलाउनुको साटो विभिन्न कानुन मार्फत अधिकार नै कटौती गरेर झन कमजोर बनाउने काम को साथ साथै स्थानीय स्तरमा सब भन्दा बढी भ्रष्टाचार भैरहेको नेता अरगरियाले बताए ।

मधेसी जनता अब ती दलको जालझेलमा पर्नु महाभुल हुने अरगरियाले तर्क गरे । उनले भने यिनिहरु मधेसीलाई सधैंका लागि मतदाता र करदाताका रुपमा मात्रै प्रयोग गर्दै दास बनाउन खोज्दैछन । त्यसैले मधेसी जनता अब सचेत भएर अगाडी बढ्न जरुरी छ । समाजवादी पार्टीले अब गंगा बाट समुद्रको रूपमा परिवर्तन हुन लागेको छ । त्यसैले अब समाजवादी पार्टीलाई झन बलियो बनाएर राख्न आफ्नो नेताकार्यकर्ताहरु लाई आह्वान गरि धारणा राखे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds