2024-07-20

Close

सन्तोष यादव
जनकपुरधाम । कमला नदीले धनुषा र सिरहा जिल्लालाई जोड्छ । सिरहा नगरपालिका १३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका ६ कठाल जोड्ने कमला नदीमा बनेको झोलुङ्गे पुल सेल्फी पोइन्टको रुपमा विकास भएको छ । यहाँ दैनिक आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

२८ करोडमा बनेको यो झोलुङ्गे पुलको लम्बाई १५ सय दशमलव ४४ मिटर र चौडाई १ दशमलव २ मिटर रहेको छ ‌। ०८० फाल्गुन १२ मा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पुलको उद्घाटन गरेका थिए ।

नेपालको सबभन्दा लामो झोलुङ्गे पुलको रुपमा प्रचार भएकाले हेर्नका लागि टाढा टाढाबाट आन्तरिक पर्यटकहरु आउने गरेको स्थानीय बताउँछन् । पुल हेर्नेको भीड लाग्न थालेपछि दुबैतिर अस्थाई पसलहरु खुलेको छ । यो पुलले सैयौं रोजगारी सृजना गरेको छ ।

झोलुङ्गे पुल पर्यटकीय स्थलको रुप लिएको सिरहा नगरपालिका १३ का संजय यादवले बताए । उनका अनुसार यो पुलमा रमाइलो गर्न दैनिक ५ हजार बढी मानिस आउँछन् । उनीहरु पुलमा घण्टौं रमाउँछन् । सेल्फी हानेर सामाजिक संजालमा अफलोड गर्छन् ।

‘अहिले हुलाकी सडक अन्तर्गत कमलामा पुल बनेको छैन्,’उनले भने, ‘यो पुल सञ्चालनमा आएसँगै धनुषाको पूर्वी भेगसहित प्रदेशको राजधानी जनकपुरधाम र सिरहाका विभिन्न ठाउँमा आवत–जावत गर्न पनि सहज भएको छ । यो पुल अहिले मोटरसाइकलमा जनकपुरधाम आवतजावत गर्ने वैकल्पिक मार्ग बनेको छ ।’

पुलमा पुग्ने आन्तरिक पर्यटकहरु भने समस्या भोग्न बाध्य छन् । पुलको दुबैतिर जहाँ भीडभाड हुन्छ, त्यहाँ तत्काल सार्वजनिक शौचालयको आवश्यकता रहेको
घुम्न पुगेकाहरु बताउँछन्  । पुरुषहरु खुल्ला रुपमा शौच गर्छन्, तर महिलालाई ठूलो समस्या छ । अहिले प्रचण्ड गर्मी हुन्छ, यस्तो बेलामा पर्यटकका लागि छहारी आवश्यक परेकाले त्यसका लागि सरकारले भौतिक पूर्वाधार निर्माण गर्न जरुरी देखिएको उनीहरुको भनाइ छ ।

मल्हनियाका प्रमोद साहले नेपालकै लामो झोलुङ्गे पुल बनेको र पर्यटकहरु आउन थालेपछि खुशी लागेको सुनाए । कमलाको बगरमा उब्जने तरबुजा, खिरा, काक्रो र तरकारी बेच्न बाहिर लग्नुपर्थ्यो तर अब त्यो बाध्यता नरहेको उनले सुनाए । पुलमा आउने पर्यटकहरु तरबुजा कोशेलीको रुपमा लग्ने गरेको बताए । 

‘आन्तरिक पर्यटकको भीडभाड लाग्दा यहाँ अस्थायी पसलहरु त खुलेको छ,’ उनले भने, ‘अब बजारको रुप दिनुपर्छ । पुलको दुबैतिर व्यबस्थित बजार बसाउन सकियो भने हजारौं व्यक्ति रोजगारी पाउने छन् । यसतर्फ सरकारको ध्यानाकर्षण होस् ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 0 seconds