2020-10-29

Close

जनकपुरधाम,२१ माघ । राजपाका केन्द्रिय सदस्य संजय चौधरीले धनुषाका सिडियो प्रदीप कंडेललाई जनकपुरवासीले लखेट्ने अवस्था आएको बताएका छन ।

जनकपुरका चर्चित व्यापारी तथा यूवा समाजिक अभियान्ता धर्मेन्द्र साहलाई नियोजित तरिकाले फसाउन खोजेकाले जनकपुरवासी आक्रोशित हुँदै गएका छन । यो आक्रोशलाई समयमै सहि अवतरण गर्न सकेन भने सिडियोलाई लखेटेर भगाउने नेता चौधरीले बताए ।

जनकपुरका यूवा, समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मी तथा समाजिक संगठनहरु समेत सिडियोको पछिल्लो गतिविधि प्रती रुष्ट छ, नेता चौधरीले भने- सांचिक्कै कानूनलाई बंग्याएर सर्बसाधारणलाई दु:ख दिदै आएका छन ।
सस्तो लोकप्रीयतामा लिप्त सिडियो राजनीतिमा ब्यस्त छन, उनले भने- अबैध उत्खनन, चोरी तस्करी, हत्या, अपराध दिनानुदिन बढ्दै गएको छ । यद्यपि सिडियो अनावश्यक दु:ख दिने गरेका छन । जुन धनुषावासीको हितमा छैन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर