2024-04-27

Close

जनकपुरधाम : जनसिद्ध नागरिकका सन्तानले पनि बंशज नागरिकता पाउनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश ल्याएपछि अहिले मधेसमा जताततै उनको प्रशंसा सुरु भएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षको पहलमा राष्ट्रपति भण्डारीले आइतवार नागरिकता सम्बन्धी अध्यादेश जारी गरिन् । यो समाचारले लाखौं मधेसी खुसीले गदगद भएका छन्, जो नागरिकताबाट बर्षौदेखि बञ्चित थिए । अब उनीहरु सहज रुपले नागरिकता पाउने भएका छन् ।


नागरिकता अध्यादेश ल्याएको खुशियालीमा जसपा महन्थ ठाकुर पक्षका नेताहरुले जनकपुरको जनक चोकमा आईतवार साँझ दिपावली नै गरे । दिप प्रज्वलन गरी राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली र जसपा अध्यक्ष ठाकुरलाई उनीहरुले धन्यवाद दिएका छन् ।

नागरिकता समस्या समाधान गर्न विगत लामो समयदेखि जसपाले पहल गरिरहेका थिए । धनुषा २ बाट निर्वाचित साँसद उमाशंकर अरगरियाले त नागरिकता समस्या, मधेसीमाथि लगाएको मुद्दा फिर्ता र संविधान संशोधनका लागि कित्ता नै परिवर्तन गरे । हुन त उनलाई अहिले पनि आफ्नो पक्षमा तान्न उपेन्द्र यादव पक्ष लागेका छन् । तर उनले मधेसीको माग पुरा गराउने र गर्नेसँग मात्र सम्झौता गर्ने अडान लिएका हुन् ।

प्रधानमन्त्री केपी ओलीबाट मधेस आन्दोलनका बेला कैयौं कार्यकर्तामाथि लगाएको मुद्दा फिर्ता र संविधान संशोधन गर्ने कुरामा सहमती गराउनमा साँसद अरगरिया, जसपाका बरिष्ट नेता राजेन्द्र महतो लगायतका नेताहरुले अहम भुमिका खेलेका छन् ।

जसपाका युवा नेता प्रशान्त झाले लेखेका छन् :
जनता समाजवादी पार्टी नेपाल को राष्ट्रीय अध्यक्ष श्रधेय मा. महन्थ ठाकुर ज्यू एवं जसपा नेपालको संसदीय दलको नेता आदरणीय मा. राजेन्द्र महतो ज्युको मधेशी मुद्दा प्रतिको अडानको प्रतिफल आज करीब ५ लाख मधेशी नागरिकको नागरिकता विधेयक प्रमाणीकरण भएको सोको उपलक्ष्यमा जनकपुरधामको जनक चौकमा दिप प्रज्वलन गरियो ।
सबैमा हार्दिक आभार ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds