प्रमुख समाचार
जनकपुर, २७ माघ । चेलीबेटी सशक्तीकरण हाम्रो अभियानबाट प्रदेस २ को मुख्यमन्त्री लालबाबु राउत, कानून मन्त्री ज्ञानेन्द्र यादव, एसिड पिडित मुस्कान खातुन, महिला अभियानता ईन्दिरा थापा, सिनेकर्मी पुष्पा यादव सहित १५ ब्यक्तित्वलाई सम्मान गरिदैछ ।
सम्मानित हुंदै बिकृतिका बन्धनहरु तोड्दै अघी बढौ- मेचीमाहाकाली जोड्दै हिसा रहित समाजको निर्माण गरौ भन्ने मुल नाराका साथ जनकपुरमा सोमबारबाट दोस्रो एतिहासिक राष्टिय बेटी सम्मेलन २०६७ आयोजना गरिदै छ ।
मुलधार महिला सेवा केन्द्र ( मासवेस) उदयपुरको आयोजनामा जनकपुरधामको होटेल मसला कटेज मा आयोजित सम्मेलनमा सम्मानित गरिने आयोजक नजबुल खान ले जानकारी दिईन ।
कार्यक्रमको मुख्य उदेश्य नेपालमा सायानेटरी प्याड पुर्ण रुपमा सरकारी तवरबाट निशुल्क बितरण गराउन र सातै प्रदेशहरुमा महिला अंकित सातम्भ निर्माण गरी शान्तिका सन्देश प्रवाह गर्दै समानताका लागी आसनमा – महिला, भाषणमा -महिला, शासनमा – महिला, राज्यको हरेक क्षेत्रमा५०% महिला सहभागिता लागु गराउने रहेको आयोजक मुलधार महिला सेवा केन्द्र ( मासवेस) उदयपुर की
राष्टिय संयोजक नजबुल खान ले बताईन ।मुलुकको सातै प्रदेस मध्ये प्रदेस २ सरकारले मात्र बेटि बचाउ, बेटि पढाउ तथा बेटि सुरक्षा कार्यक्रम संचालन गरिएकाले मुख्यमन्त्री सहित महिला क्षेत्रमा योग्दान पुर्याएका बिभिन्न बिधाका १५ ब्यक्तित्वलाई सम्मान गरिदैछ ।