
जनकपुरधाम । प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेश बहादुर कुँवरले ईलाका प्रहरी कार्यालय (ईप्रका) खजुरी, धनुषाको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सरुवा भई आउनुभएका प्रहरी निरीक्षक कुँवरले हालै खजुरी पुगेर कार्यालय प्रमुखको रूपमा आफ्नो कार्यभार ग्रहण गर्नुभएको हो ।




प्रहरी संगठनमा लामो अनुभव हासिल गर्नुभएका कुँवरको आगमनसँगै खजुरी ईलाका क्षेत्रमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवामा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ ।

जिम्मेवारी सम्हाल्दै निरीक्षक कुँवरले कानुनको प्रभावकारी कार्यान्वयन, नागरिकको सुरक्षामा प्राथमिकता तथा समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको स्रोतले जनाएको छ । स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायसँग समन्वय गर्दै शान्ति सुरक्षा कायम गर्न आफू प्रतिबद्ध रहने उहाँको भनाइ रहेको छ ।