विपिन कुमार यादव,जनकपुुरधाम, साउन २६ : धनुषामा पनि मृत्युको घटना हुन थालेपछि कमला नगरपालिकाको कामकाज एक सप्ताहको लागि बन्द गरिएको छ । विश्वभरी महामारीको रूपमा फैलिएको कोभिड -१९ बाट हाल प्रदेश २ को जिल्लाहरुमा तिब्र गतिले संक्रमण बढदै गइरहेको तथा Covid -19 को संक्रमण समुदाय स्तरमा समेत देखापर्न थालेकाले जोखिम रोकथाम तथा न्यूनीकरणका लागि २०७७/०४/२६ गतेदेखि २०७७/०५/०१ गते सम्म कमला नगरपालिकाको कार्यालय र ९ वटै वडा कार्यालयबाट प्रवाह हुदै आएको सेवाहरु अति आवश्यक सेवा बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको र यस कार्यालयबाट पर्न जाने असुविधा प्रति नगरपालिका क्षमाप्रार्थी रहेको तथा यस सहज परिस्थितिमा सम्पुर्ण नगरवासी बाट सहयोगको लागि नगर प्रमुख राम उदगार गोइतले पत्राचार गरि बताएका छन् ।
प्रदेश २ को जनकपुरधाममा एक हप्ताको भित्र अस्पतालमा दुईजनाको मृत्यु भएको छ । कोरोना संक्रमितको मृत्यू भएको र संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिका कार्यालयले एक हप्ताको लागी अति आवश्यक सेवा बाहेक सम्पुर्ण कामकाज बन्द गर्ने निर्णय गरेको हो । नगर प्रमुख राम उदगार गोइतले जानकारी गराए । साथै सात दिनको अवधिमा अतिआवश्यक काम बिना घरबाहिर ननिस्किन अपिल जनतासँग गरेका छन् ।