2024-04-25

Close

काठमाडौं । राष्ट्रिय महिला आयोगले घरेलु हिंसामा परेकी रामेछापकी विनु यादव र उनको न्यायिक लडाईँमा साथ दिइरहेकी अधिकारकर्मी जस्मिन ओझालाई शान्ति सुरक्षा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । आयोगले जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय रामेछापलाई पत्र लेख्दै पीडित यादव र अधिकारकर्मी ओझालाई शान्ति सुरक्षा प्रदान गर्न अनुरोध गरेको हो ।

न्यायिक लडाईँमा यादवको पीडक पक्षबाट डर, त्रास, धम्की र भौतिक आक्रमण भएको भन्दै अधिकारकर्मी ओझाले २१ मंसिरमा महिला आयोगमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा सोमबार जिल्ला प्रशासन कार्यालयलाई निर्देशनसहितको पत्राचार गरिएको आयोगकी प्रवक्ता चमिला भट्टराईले जानकारी दिइन् ।

‘निज जस्मिन ओझा सार्थ निजको परिवारलाई समेत सहजतासँग बस्ने वातावरण र शान्ति सुरक्षा प्रदान गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ आयोगले काठमाडौं प्रशासनलाई पठाएको पत्रमा उल्लेख छ ।

रामेछाप प्रशासनलाई पठाएको पत्रमा विनु यादव पीडित रहेको मुद्दामा शान्तिपूर्ण रुपमा वकपत्र सम्पन्न गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । ‘निज बिनु यादव पीडित रहेको मुद्दाको मिति २०७९।०८।२७ गते सम्मानित रामेछाप जिल्ला अदालतमा बकपत्र रहेको हुँदा निज पीडितहरुलाई शान्तिपूर्ण रुपमा बकपत्र सम्पन्न गर्ने वातावरण मिलाइदिनुहुन र निज पीडितहरुलाई शान्ति सुरक्षा प्रदान गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ। 
बिनुलाई साथ दिएकै कारण फोन, मेसेजमार्फत ज्यानमार्ने धम्की आउने र बाटोमा हिँड्दा भौतिक आक्रमणसमेत हुन थालेपछि ओझाले महिला आयोग गुहारेकी थिइन् । महिला आयोगमा दिएको निवेदनमा उनले भक्तपुरको बालकोटमा हिँड्दै गर्दा आफूमाथि आक्रमण भएको उल्लेख गरेकी थिइन् ।

सो घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगमा पनि ओझाले २५ मंसिरमा निवेदन दिएकी थिइन् । आयोगका अनुसन्धान महाशाखाका प्रमुख श्यामबाबु काफ्लेले ओझालाई शान्ति सुरक्षा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई पनि पत्र लेख्ने तयारी भइरहेको जानकारी दिए ।

सोलुखुम्बु घर भएकी बिनुले ०७४ मा रामेछापका प्रदीप कठायतसँग प्रेम विवाह गरेकी थिइन् । विवाहपछि कठायत र उनका परिवारबाट घरेलु हिंसामा परेपछि विनु न्यायिक लडाइँ लडिरहेकी छन् । उनले प्रदीपका काका पवन कठायतबाट पनि बलात्कृत भएको बताएकी छिन् । यस सम्बन्धमा जिल्ला अदालत रामेछापमा मुद्धा विचाराधिन अवस्थामा छ। उक्त मुद्दाको बकपत्रका लागि विनु भोलि रामेछाप जानुपर्ने भएकाले उनलाई सुरक्षा प्रदान गर्न आयोगले पत्राचार गरेको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds