2024-04-28

Close

चेन्नई सुपर किङ्सले चाैथोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नईले चौथोपटक आईपीएलको उपाधि जितेको हो ।

फाइनल खेलमा चेन्नई सुपर किङ्सले दिएको १९३ रनको लक्ष्य कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्र बनायो । कोलकाताका लागि शुभमन गिल र भेन्केटस यैरले अर्धशतकीय पारी खेले । ४३ बल खेलेका गिलले ६ चौका प्रहार गर्दै ५१ रब नाए ।

त्यस्तै ३२ बल खेलेका यैरले ५ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए । कोलकाताका लागि शिभम माभीले २० रन बनाउँदा लकी फग्युसनले १८ रन बनाए । बलिङतर्फ चेन्नईका लागि शार्दुल ढाकुरले तीन विकेट लिँदा जस हेजलहुडेले दुई विकेट लिए । त्यस्तै दीपक चहर र डोइन ब्राभोले एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । चेन्नईका लागि फाफ डू प्लेसिसले ८६ रनको अर्धशतकीय परी खेले । ५९ बल खलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै मोहिन अलीले ३७ रन बनाउँदा रुतुराज गाइक्वाडले ३२ र रोविन उथपाले ३१ रनको योगदान गरे ।

बलिङतर्फ कोलकाताका लागि सुनिल नारायणले दुई विकेट लिए । त्यस्तै शिभम् माभीले एक विकेट लिए । चेन्नईले अन्तिमपटक सन् २०१८ मा आईपीएलको उपाधि जितेको थियो । त्यसअघि चेन्नईले सन् २०१० र २०११ को सिजन लगातार दुईपटक आईपीएलको उपाधि जितेको थियो ।

यता कोलकाता तेस्रो पटक उपाधि जित्ने योजनाबाट चुक्यो । कोलकाताले अन्तिमपटक सन् २०१४ मा आईपीएलको उपाधि जितेको थियो । त्यसअघि सन् २०१२ मा कोलकाताले आईपीएलको उपाधि चुम्न सफल भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds