2024-03-29

Close

जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरकी सात दलित बालिका- किशोरी बेपत्ता भएकी छन् ।

मंगलबार घाँस काट्न गएकी ५ बालिका र २ किशोरी बेपत्ता भएकी हुन् । भंगहाका मेयर संजिव साहका अनुसार ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान बेपत्ता भएकी छन् ।

मंगलबार करिव ११ बजे उनीहरु एकसाथ घांस काट्न खेततीर लागेकी थिइन् । तर अहिलेसम्म उनीहरु नफर्केकी मेयर साहले जानकारी दिए । उनले उनीहरु बेपत्ता भएपछि धरमपुरमा हलचल मचेको छ । रातभर कोही सुत्न पाएनन् । सबै खोजीमा लागेका छन् ।

यता, महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले थाहा पाएलगत्तै उनीहरुलाई खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए । उनले एकैपटक सात बालिका- किशोरी बेपत्ता भएपछि आश्चर्य लागेको भन्दै आज आफै घटनास्थल जान लागेको बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds