जनकपुरधाम : धनुषा जिल्लाको विदेह नगरपालिका–३ गोबराहीमा भएको निःशुल्क आँखा शिविरमा १५० जना बिरामीको जाँच गरिएको छ ।
सोमबार ३ बजेसम्म चलेको आँखा जाँचमा ६२ जनामा मोतियाबिन्दू फेला परेको छ ।
मोतियाबिन्दका बिरामिहरुलाई जानकी आँखा अस्पतालले व्यवस्थापन गरेको गाडीमा अस्पताल लगी निःशुल्क अपरेसन, औषधि र चस्मा प्रदान गर्ने जनाइएको छ ।
जानकी आँखा अस्पतालबाट आएका नेत्र विशेषज्ञ प्रदिप यादवको नेतृत्वमा रविन्द्र राय, ललन मण्डल, शुभाष दनुवारले सेवा दिएका थिए ।
स्थानीय लोसपा नेता संजीव झाको अध्यक्षीय व्यवस्थापनमा लोसपा नेता राजीव झाको प्रमुख आतिथ्य र नेपाल भारत खुला सीमा संबाद समूह, क्लोथ बैक धनुषाको सहआयोजन तथा जानकी आँखा अस्पताल जनकपुरधाम, तेज कोहली र रुइत फाउन्डेसनको आयोजनामा संचालन गरिएको छ ।