2024-04-25

Close

जनकपुरधाम उपमहानगरपालिकाका पाँच वटा वडा अध्यक्षको जानकी गुठिको जग्गा हत्याउने योजना प्रकरणमा नयाँ तथ्य फेला परेको छ । भूमाफियाहरुले आफुहरुले उक्त जग्गा किनेको र वडा कार्यालयबाट सिफारिस लिएको दावी गरिरहँदा सिफारिस सहित आवश्यक कागजातको प्रतिलिपि खोजतलास गर्न यूथ एक्शन फोर्स जनकपुरले वडा कार्यालयमा पुग्दा सिफारिस सहित अन्य कुनै प्रमाण दिन नसक्दा नयाँ तथ्य बाहिरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं.१सिट नं.१३५६—१६किता नंं. २१ को ४ कट्ठा जग्गा उनीहरुले ब्यक्ति भोगचलनका लागि हत्याउन लागेपछि यूवाहरु स्वस्पूmर्त रुपमा गुठीको जग्गा विक्रिवितरण तथा अतिक्रमण विरुद्ध चरणबद्ध संघर्षमा उत्रेको यूथ एक्शन फोर्स, जनकपुरका अध्यक्ष यूवा नेता प्रशान्त झाले जानकारी दिए । उक्त जग्गा सम्बन्धमा वडा नं.१ का सचिव प्रमान्द झालाई आईतरबार नै सिफारिस सहित भूमाफियाहरुले भन्दै आएको कागजातको प्रतिलिपि उपलब्ध गराउन निवेदन दिएका थिए । वडा सचिव झाले सोमबार मात्र प्रतिलिपि उपबध गराउने भनेका थिए । यद्यपी भूमाफियाको ईसारामा सचिव झाले आवश्यक कागजात उपलब्ध नगराएपछि युवाहरु आक्रोशित हुंदै कार्यालयमा तालाबन्दी गर्न खोजेका थिए । त्यसपश्चता वडा अध्यक्ष शत्रुधन साहको सहमतिमा मंगलबार आवश्यक कागजात उपलब्ध गराउने लिखित सहमति भएको यूथ एक्शन फोर्स जनकपुरका अध्यक्ष प्रशान्त झाले जानकारी दिए ।

जनकपुरधाम वडा नं.११ का वडा अध्यक्ष रामचन्द्र साहका छोरा प्रकाश कुमार साह (पप्पु) को नाउमा २०७३ साल बैशाख १६ गतेका बैनाबट्टाको कागजात तयार गरेर उक्त जग्गा हत्याउन लागेको युवाहरुको दावी छ । आफुले किनमेल गरेर काम अगाडि बढाएको पप्पु साहले बताएपनि गुठी, नापी तथा मालपोत कार्याल सहित यथेष्ट प्रमाण जुटाउन सकेको देखिएको छैन् ।
वडा अध्यक्षको उपस्थितिमा चारकिल्ला भिडाएको दाबी गरिरहँदा वडा अध्यक्ष शत्रुधन साहले भने आफू उक्त जग्गाबारे केही जानकारी नरहेको दोहर्याएका छन् ।
यता, उक्त जग्गा सम्बन्धमा मालपोत कार्यालय धनुषा, नापी कार्यालय तथा गुठी संस्थान कार्यालय जनकपुरमा समेत युवाहरुले आवश्यक कागजागत उपलब्ध गराउन पत्र दर्ता गराएका छन् । छिट्टै जग्गाको साविक विवरण उपलब्ध गराउने प्रतिबद्धता गरेको अध्यक्ष झाले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds