जनकपुरधाम । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता नरेश यादवले धनुषाको निर्वाचन क्षेत्र नं. ४ बाट केन्द्रिय महाधिवेशन प्रतिनीधिमा उम्मेदवारी घोषणा गरेका छन । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ बाट क्षेत्रीय प्रतिनीधिमा निर्वाचित नेता नरेश यादवले केन्द्रीय महाधिवेशन प्रतिनीधिमा उम्मेदवारी घोषणा गरेका हुन । लामो समय देखि राजनीति गर्दै आएका यादव धनुषामा निकै नै लोकप्रिय नेताको रुपमा चिनिन्छ ।
फोरम लोकतान्त्रिक धनुषाको जिल्ला अध्यक्ष बाट राजनीतिकमा आएर बिजय गच्छदारको धनुषामा राईट हाईन्ड हुँदै नेपाली कांग्रेसको राजनीति गर्दै आएका यादव नेपाली कांग्रेस धनुषाका जिल्ला कार्य समितिका सह सचीव समेत हुन ।
नेपाली कांग्रेसलाई अझ सशक्त, ऐक्यबद्ध, सुदृढ, विचारशील, कर्मशील, उद्यमशील र सक्रिय वनाउन आफुले उम्मेदवारी घोषणा गरेको पत्रकारहरु संगको कुराकानीमा उनले बताए । नयां पुस्तालाई नेपाली कांग्रेसको आदर्श, सिद्धान्त, आचरण र कर्मवारे अभियनकै थाल्नी गरी शैक्षिक सामाजिक अभियानहरु तथा पर्यावरणीय सुरक्षाका लागि नेपाली कांग्रेसको सार्थक अभियान मार्फत नयां पुस्तालाई जोडी सक्रिय बनाउंदै अघि बढने उनले बताए ।