2024-04-26

Close

जनकपुरधाम,१७ पौष । संघीय साँसद तथा समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले उखु किसानको भुक्तानी नदिने चिनी मिल संचालकहरुलाई कारबाहीको दायरमा ल्याउन माग गरेका छन् ।

सचेतक अरगरिया सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर चिनी मिल संचालन सम्पर्कमा आएको बहाना नगरी कारबाहीको दायरमा ल्याउन माग गरेका हुन् । उनले कृषि प्रधान देशमा किसानले आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै दुःख व्यक्त पनि गरेका छन् ।

सचेतक अरगरियाले लेखेका छन्–

उखुको भुक्तानीका लागि सर्लाहीका किसानहरु काठमाडौंमा अझै धर्नामा छन् । कृषि प्रधान देशमा किसानले आन्दोलन गर्नुपर्ने अवस्थाले अत्यन्त दुःखी छु । किसानहरुको माग अविलम्ब पुरा गर्न सरकारसँग जोडदार माग गर्दछु । उखुको भुक्तानी नदिने चिनी मिलका संचालनहरुलाई कडा कारबाही गर्नुपर्छ । टेलिफोन सम्पर्कमा आयो भनेर सरकारले बहाना गर्न मिल्दैन । उनीहरुलाई कारबाहीको दायरमा ल्याउनुपर्छ । साथै अगामी दिनमा यस्तो समस्या नहोस् भनेर आवश्यक निर्णय लिन सरकारसँग आग्रह पनि गर्दछु ।

उमाशंकर अरगरिया
प्रमुख सचेतक , समाजवादी पार्टी
एवम्
प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ धनुषा

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds