2024-04-25

Close

पवन प्रसाद साह, वीरगंज – राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरपालिका वडा नं १७ अलौं को वडा इकाई कमिटी को बैठक सम्पन्न भएको छ।

वीरगंज महानगरपालिका वडा नं १७ अलौं को साबिक वडा नं ९ सिवान टोल मा राष्ट्रिय प्रजातन्त्र पार्टी को बैठक टोल का राजु कुमार पटेल को अध्यक्षमा बैठक भएको थियो भने उत्क बैठक को प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरपालिका वडा नं १७ अलौं का वडा इकाई सभापति छठु साह कानु को उपस्थिति मा भएको थियो।

साथै उत्क बसेको बैठक बाट राजु कुमार पटेल को अध्यक्षमा ९ सदस्य टोल इकाई कमिटी गठन गरिएको छ।उत्क टोल इकाई कमिटी को उपाध्यक्ष मा पिताम्बर पटेल, कोषाध्यक्ष मा सागर कुमार पटेल, सचिव मा धिरज कुमार, सह-सचिव मा संदिप कुमार, सदस्यहरु मा बिसाल साह, मनमोहन माली, लगायत का सदस्यहरू रहेका छन्।

टोल इकाई कमिटी गठन का पदाधिकारीहरु लाइ पार्टी का प्रमुख अतिथि छठु साह कानु ले शुभकामना संदेश दिदै पार्टी प्रती इमान्दारी पूर्वक काम गर्न र अरु कुनै पार्टी को धाकधम्की सँग नडेराइकन काम गर्न आस्वासन दिएका थिए र अब नेपालमा छिटै हिन्दू राष्ट्र र संबैधानिक राजतन्त्र हुने ठोकुवा पनि गर्नु भएको छ।

साथै बक्तब्य कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी का जिल्ला सदस्य तथा वडा इकाई कमिटी का सल्लाहकार देबेन्द्र ढुंगाना ले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र ले देश लाई निकास दिन नसकेको ले अब एक मात्र विकल्प नेपाल मा सवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र को आवस्यकता रहेको प्रकास पारे थिए । साथै राष्ट्रिय प्रजातन्त्र पार्टी ले स्थापना गरेर नै छोडने समेत अभिव्यक्ति दिएका छन्।

त्यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका दलित तर्फ को केन्द्रिय सदस्य उमेश कुमार राम ले टोल टोल , गाउँ गाउँ , नगर क्षेत्र, जिल्ला जिल्ला मा राष्ट्रिय प्रजातन्त्र पार्टी को प्रचार प्रसार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी को गठन मा लागेको साथै आफनो धर्म र नेपाल लाइ बचाउन राष्ट्रिय प्रजातन्त्र पार्टी लाइ सहयोग गर्न आग्रह समेत गरेका थिए।

उत्क पार्टी को बैठक राजु कुमार पटेल को अध्यक्षतामा तथा पार्टी का वडा इकाई सभापति छठु साह कानु को प्रमुख अतिथिमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी का जिल्ला सदस्य देवेन्द्र ढुङगाना, राष्ट्रिय प्रजातन्त्र पार्टी का दलित तर्फ को केन्द्रिय सदस्य उमेश कुमार राम, वडा इकाई सचिव पवन प्रसाद साह, वडा इकाई सह सचिव बिसनु कुमार राम, लगायत बिभिन्न ब्यत्किहरुको सहभागिता रहेको थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds