2024-04-19

Close

सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित बयलवासमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।

बुधबार इलाका प्रहरी कार्यालय लालबन्दीमा पीडित पक्ष, सरोकारवाला र सुरक्षा अधिकारीहरु बीच भएकाे छलफलमा पीडितलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न प्रदेश प्रहरीमा अनुरोध गर्ने लगायतका सहमति भएकाे छ ।

यसका साथै मृतक परिवारिका सदस्यलाई रोजगार र शिक्षाको लागि स्थानीय तह, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स लगायतका संघ संस्थासँग समन्वय तथा अनुरोध गर्ने, प्रहरी र प्रशर्दनकारी बीच भएको झडपमा परी आम नागरिककाे सम्पतिमा भएको क्षतिको विवरण संकलन गरी क्षतिपूर्ति उपलब्ध गराउने तथा झडपमा घाईते भएकाहरुको उपचारका लागि प्रचलित कानून बमोजिम केन्द्रमा सिफारिस गर्ने पनि सहमती भएको छलफलमा सहभागी संघीय सांसद प्रमाेद साहले जानकारी दिएका छन।

सहमति भएसंगै आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु फिर्ता लिइ राजनैतिक दल, संघ संस्था, उद्योगी व्यवसायी, नागरिक समाजले शान्ति सुरक्षा कायम राख्न पहल र मृतकको शव बुझेर परम्परा अनुसार दाहसंस्कार गर्ने पक्रिया अघि बढाइएकाे उनले बताए ।

घटना पश्चात् आइतवार रातिदेखि नै मृतक रामकुमारको शव जिल्ला अस्पताल मलंगवामा राखिएको थियाे । दाेषीमाथि कारवाही र उचित क्षतिपुर्तिकाे मांग गर्दै साेमवारदेखि स्थानीयले आन्दाेलन गर्दै आएका थिए भने स्थानीय प्रशासनले लगाएकाे निषेधाज्ञा पनि राेकिएकाे छ ।

आज भएको छलफलमा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य साह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खानियाँ, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक चन्दन झा, जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेकाे थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds